म बाहेक कसैले भारतबिरुद्ध बोल्न सक्दैन,भुमी फिर्ता गरेर मात्र राजिनाम दिन्छु – प्रधानमन्त्री ओली…हेर्नुहोस|

News

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको प्रयास जति भए पनि हिजोको जस्तै आजको भोलि परिवर्तन हुनै नसक्ने बताएका छन्। ६९ औं मदन जन्मजयन्तीका अवसरमा आइतवार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन्।

प्रधानमन्त्री ओलीले अन्य नेताहरुलाई बन्‍न हतार नगर्न पनि आग्रह गरेका छन्। पार्टी भित्रै चर्को आ,लोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो। प्रधानमन्त्रीको जिम्मेवारीमा बस्‍न मन नभएपछि अहिले नेपालको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति नभएकाले आफ्नो आवश्यकता रहेको आशय उनले व्यक्त गरे।

प्रधानमन्त्रीको जिम्मेवारीमा बस्‍न मन छैन। तर यति बेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैलाई आउने छैन’, उनले भने, किनभने भोलीपल्ट ब,र्खास्त हुन्छ। त्यसैले आजका लागि होइन, भोलिका लागि। आफ्ना लागि देशका लागि। र, हाम्रो पार्टी हाम्रो संसदीय दल यस्ता बहकाउमा लाग्‍नेवाला पनि छैन। नबुझ्ने अञ्जन खेलमा सामेल हुने पनि छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र ५८ वर्षदेखि खोसिएकाले फिर्ता ल्याउने बताएका छन् । ६९औं मदन भण्डारी जन्मजयन्तीका सन्दर्भमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफ्नो जमिन खोसिएको छ, फिर्ता ल्याउनुपर्छ भनेर नेपालले कुनै गल्ती नगरेको बताए ।

तपाईंले सुन्नुभएको होला हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुन्छ, गरिन्छ । भारतीय मिडियाको बहस, त्यहाँका बुद्धिजीवीहरूको कुराकानी सुन्नुभएको होला । कसरी भारतको राज्य संयन्त्र, अचम्मसँग सक्रिय छ । लडाइँमा हामीले हार्‍यौं । हाम्रो सीमा अलि खु,म्चियो । हामीले १८२६ को मार्चमा अन्तिम सम्झौतामा द,स्तखत गर्‍¥यौं, त्यसको सी,मामा हामी खु,म्चिएर बस्यौं, उनले भने ।

नेपालका नेताहरू पनि बहसमा लागेको भन्दै आ,श्चर्यचकित भए ।तपाईंहरूले सुन्नुभएको छ, कतिपय पार्टीका नेताहरू उता (लिम्पियाधुरा क्षेत्र, कुटी, नाभी, गुञ्जी) जनसंख्यासँग हाम्रो पहुँच कटेको छ । १९६२ देखि सेना राखेर उता जानै दिएको छैन । त्यहाँका जनतासँग सम्पर्कै दिएको छैन । उताका जनताका लागि केही गर्नै दिएको छैन । नागरिकता कसको छ ? रासनकार्ड कसको छ भन्ने प्रश्न नेपालको नागरिकताधारीहरूले उठाइरहेका छन्,उनले भने ।

खल्तीमा नागरिकता नेपाली, तर्क अरूको पक्षबाट गरिरहेको छ भन्दै आश्चर्य पनि व्यक्त गरे । १९६२ बाट सेना राखेपछि कसरी उताका नागरिकसँग हाम्रो पहुँच स्थापित हुन्छ ?उनले प्रश्न गरे । उनले सम्पर्क–सम्बन्ध टुटेको नभई टुटाइएको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *