कोरोना कार्तिकसम्म समाप्त हुन सक्छ’ – प्रधानमन्त्री ओली

News

कोरोना भाइरसकाे संक्रमण साउनदेखि कम हुँदै गएर कार्तिकमा समाप्त बताउनुभएकाे छ ।

आज संसदमा बजेका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सो कुरा बताएका हुन् ।

त्यस्तै उनले बजेट कोरोनालाई समाप्त पार्ने कुरामा नै केन्द्रित रहेको समेत बताएका छन् । सांसदले कोरोना नियन्त्रणमा सरकार उदाशीन भएको बताइरहेको बेला प्रधानमन्त्रीले सरकारको सारा ध्यान कोरोना नियन्त्रणमा भएको र बजेट स्वास्थ्यमै केन्द्रित भएको पनि बताउनु भएको हो ।

संघीय संसदमा सम्बाेधन गर्ने क्रममा बुधबार प्रम ओलीले साउनदेखि कम हुँदै गएर कार्तिकमा समाप्त हुने जस्तो सम्भावना रहेकाे बताउनुभयाे । ‘तर त्यस्तो नहुन पनि सक्छ । दशैँ-तिहारजस्ता चाडहरु आउनेछन्, जहाँ मानिसहरु विदेशबाट आउछन्,’ उहाँले भन्नुभयाे, ‘अब त्यसबाट संक्रमण फेरि फैलन सक्छ । फेरि बढ्न सक्छ । अझै अलिकति लम्बिन पनि सक्छ । यी सम्भावनाहरू पनि हाम्रा अगाडि छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *