जनता समाजवादी पार्टी नक्साअनुसार संविधान संशोधनको पक्षमा

News

मधेश केन्द्रित दुई दल मिलेर बनेको जनता समाजवादी पार्टी नेपालको भूमि अनुसारको नयाँ नक्सालाई संविधानमा समेट्ने प्रस्तावको पक्षमा उभिएको छ। प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले संशोधनको पक्षमा उभिने बताएका हुन्। समाजवादीका राजेन्द्र श्रेष्ठले राष्ट्रियताको विषय आन्तरिक र बाह्य हुने भएकाले राष्ट्रिय स्वाधिनता र भूअखण्डताको विषयमा कसैसँग सौदाबाजी नहुने बताए।

उनले सररकाको तर्फबाट आएको संशोधनको समर्थन गर्नुपर्ने बताए। साथै लिम्पियाधुराको सिरानबाट बगेको नदी नै कालीनदी भएको उनले बताए। राजपाका सांसद लक्ष्मणलाल कर्णले राष्ट्रियताको विषयमा शंका गरिएकोमा आपत्ति जनाए। उनले राष्ट्रियताको विषय र भौगोलिक अखण्डताको विषयमा होच्याउने कार्य नगर्न आग्रह गरे।

उनले नक्साको विषय कुटनीतिक रुपमा समाधान गर्नुपर्ने तर्क गरे। उनले महाकाली सन्धी र सन् १९५० को सन्धीको विषयमा समेत छलफल गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *