मलाई र प्रचण्डलाई अप्ठेरो छ – ओलीले थुन्ने योजना बनाए !

News Political

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालका भने अचेल गज्जबका तर्क छन्। उनी आफूलाई ओलीले थुन्न खोजेको कुरा सुनाउँछन्।

‘धेरै जिल्लाका नेताहरूले पनि माधव नेपाल आफैँले फोन गरेर मलाई ओलीजीले थुन्न लागेको भन्ने खबर गरिरहनुभएको छ’, एक नेताले बताउँछन्।

उनले आफ्नो कुरा मात्र गर्दैनन्, कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि ओलीले थुन्ने योजना बनाएको सुनाउन पनि छुटाउँदैनन्। ‘मलाई मात्र होइन, शिविर घोटाला र यु’द्ध अ’परा’धको मु’द्दामा पनि प्रचण्डलाई थुन्न खोजका छन्।’

काठमाडौं। भारतीय अतिक्रमणमा परेको नेपाली भूमि कालापानी, लिपुलेख र लिम्पियाधुराबाट भारतीय सैनिक हटाउँन प्रधानमन्त्री केपी शर्मा ओली चटानी अडानका साथ कुटनीतिक पहलमा लागेका छन्।

भारतीय पक्षलाई प्रधानमन्त्री ओलीको अडान पटक्कै मन परेको छैन। यतिबेला ओली भारतीय पक्ष र आफ्नै पार्टीभित्र राजनीतिक घेराबन्दीमा परेका छन्। प्रचण्ड, माधब नेपाल लगायतका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा मागिरहेका छन्। पछिल्ला दृश्यले नेकपा फुटको संघारमा पुगेको समेत चर्चा–परिचर्चा सुरु भएको छ।

ओली घेराबन्दीमा परेका बेला काठमाडौंमा भारतीय गुप्तचर संस्था ‘रअ’ का अधिकारीहरुले नेकपा नेताहरु एकठाउँमा ल्याउँन माहोल बनाइरहेका छन्। गुप्तचर अधिकारीहरु उपत्यकामा सक्रिय भएको स्रोतको दाबी छ। उनीहरुसँग प्रचण्ड, नेपाल निकट नेता र प्रतिपक्षी नेताहरु ‘रअ’का अधिकारीको संवाद लागेको खुलासा भएको छ।

पछिल्लो दिल्ली चाहाना प्रधानमन्त्रीमा प्रचण्डलाई बनाउँने हो। भारतीय संचारमाध्यमहरुका अनुसार प्रचण्ड अब केही दिनमै नेपालको प्रधानमन्त्री बन्ने छन्। संचारमाध्यमहरुका प्रस्तुतिबाट पनि प्रस्ट हुन्छ कि – प्रचण्डलाई प्रधानमन्त्री बनाउँन भारत सक्रिय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *