बैठकमा प्रधानमन्त्रीले भने : कांग्रेसले काम नै गर्न दिएन, जनता भड्कायो

News

काठमाडौं- कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको चौतर्फी आलोचना भैरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले काम गर्न नदिएको र सहयोग नगरेको आरोप लगाएका छन् । देश कोरोना महामारीले थालिएको बेला सहयोग गर्नुपर्नेमा उल्टै काम गर्न नदिएको प्रधानमन्त्री ओलीको आरोप थियो ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग कांग्रेसले निकै अफ्ठ्यारो पारेको भन्दै गुनासो गरेका छन् । करिव चार घण्टा चलेको उक्त बैठकमा लामो समय नेपाली कांग्रेसले सहयोग गर्नुको साटो कामै गर्न नदिएको भन्दै बेलिबिस्तार लगाएका थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले महामारीका बेलामा पनि कांग्रेस निकै आक्रामक बनेको, संसदमा पनि चाहिने नचाहिने विषय उठाएको, जे मा पनि भ्रष्टाचार भएको भन्दै हल्ला गरेको तथा जनता भड्काएको बताएका थिए ।

बैठकमा करिव एक घण्टा कांग्रेसकै कुरा गरेका प्रधानमन्त्री ओलीले कांग्रेसले सहयोग गर्छ कि भनेर विश्वास गर्दा उल्टै घात गरेको बताएका थिए । सरकारका हरेक कामको कांग्रेसले बदनाम गरेको भन्दै थप सचेत हुन मन्त्रीहरूलाई सुझाव समेत प्रधानमन्त्रीले दिएका थिए ।

‘महामारी चलिरहेको छ, देशको बेहाल भएको छ, रचनात्मक सहयोग गर्नुपर्ने बेलामा पनि कांग्रेसले चाहिने नचाहिने विषय उचालेको छ उचालेको छ । सबैले मिलेर कोरोनको सामना गर्नुपर्ने बेलामा उल्टै त्यो पनि भएन, यो पनि भएन भनेर सरकार असफल बनाउन खोज्यो।’ प्रधानमन्त्रीको भनी उद्घृत गर्दै ति मन्त्रीले भने ।

बैठकमा लामो समय सत्तामा बसेर सबै बेहोरेको कांग्रेसले सबै थाहा हुँदाहुँदै पनि आफूहरूलाई बदनाम गराउन कांग्रेस आक्रामक भएको प्रधानमन्त्रीको आरोप थियो ।

1 thought on “बैठकमा प्रधानमन्त्रीले भने : कांग्रेसले काम नै गर्न दिएन, जनता भड्कायो

  1. लाज पचे पछी जे बोल्दा पनि हुन्छ। यो कुरा पनि हाच्छ्यु साच्छिउँ गरेर कोरोना भगाये जस्तो जनताको आक्रोश भगाउने असफल प्रयास हो। २०४७ सालमा पहिलो लोक्तान्त्रिक निर्वाचन को सय दिन नपुग्दै ततकालीन एमाले ले काठमाडौं को सडक पेटीमा रहेका सबै रेलिङ भात्काये जस्तो काङ्रेसले गर्न नसकेको चाहिं सत्य हो। नाच्न नजान्ने आङ्गन टेडो भन्ने ओली उखान चरितार्थ भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *