लकडाउन खुकुलो भएसंगै राजधानीमा चहलपहल बढ्यो, सडकमा ट्राफिक..

News

काठमाडौं । लामो समय देखिको लकडाउनका कारण आजित बनेका सर्वसाधारणलाई सरकारले केही राहत दिएको छ । वुधवार अवेर सकिएको मन्त्रीपरिषद बैठकले लकडाउन खुकुलो बनाउँदै लैजाने रणनीति अवलम्बन गर्दै केही निर्णय गरेको छ । सरकारले चरणवद्ध रुपमा लकडाउन खुकुलो बनाउने निर्णय गरेसंगै काठमाडौंमा चहलपहल बढ्न थालिसकेको छ । काठमाडौंको सडकमा ट्राफिक जाम हुनेगरी सवारी साधन बाक्लिएका छन् भने मुख्य बजारा पसल सञ्चालन भएका छन् ।

माहोल हेर्दा काठमाडौं पहिलेकै अवस्थामा फर्कन लागेको जस्तै देखिन्छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पसलहरु सञ्चालन गर्न दिने तथा जोरबिजोरको आधारमा सवारीसाधन चल्न दिने निर्णय गरेसँगै चहलपहल बढेको छ ।

लामो समय देखि पसल बन्द गरेर, सवारी साधन थन्क्याएर बसेका सर्वसाधारण घर वाहिर निस्केका छन् । एकै पटक धेरै मानिस सडकमा निस्कदा काठमाडौंमा चहल पहल बढेको हो । पसलहरुमा ग्राहकको भिड देखिन्छ भने सडकमा सवारी साधनको जाम ।

व्ययवसायी लामो समय पछि ब्यापार खोल्न पाउँदा खुसी देखिएका छन् । आयस्रोत ठप्प भएर अप्ठेरोाम परेकाहरुले केही राहतको महशुष गरेका छन् । पसलमा र सार्वजनिक स्थानहरुमा सामाजिक दुरीको उपायहरु कायम गरेको पनि देखिएको छ । पसलको बाहिर डोरी लगाइएको छ । किन्न आउनेहरुलाई डोरी भन्दा भित्र जान दिइएको छैन । एक अर्कामा पनि सामाजिक दुरी कायम राख्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *