१० अर्बको प्रश्न नगरौं, पिसिआर परीक्षणमा ६० अर्ब लाग्ने अनुमान छः मुख्यमन्त्री पोखरेल

News

१० अर्बको प्रश्न नगरौं, पिसिआर परीक्षणमा ६० अर्ब लाग्ने अनुमान छः मुख्यमन्त्री पोखरेल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीमा खर्चका बारेमा प्रश्न नगर्न आग्रह गरेका छन् ।

अहिले नै खर्च वढि भयो भनेर अविश्वास गर्ने अनि एकघर एक पिसिआर परीक्षण गर्नुपर्छ भन्ने माग आउनु विरोधाभाषपूर्ण भएको उनले बताएका छन् । एक घर एक पिसिआर परीक्षण गर्दा परीक्षणमा मात्रै न्युनतम् ५० देखि ६० अर्ब खर्च लाग्न सक्ने उनको भनाइ छ । अनि रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामर्थ्य हामीसंग छ र ? भन्ने प्रश्न उठाएका छन् । उनले असम्भव र अव्यवहारिक कुरा गर्नु नहुने औंल्याएका छन् ।

यो पढ्न छुटाउनु भयो कि
बजार खोल्दा संक्रमण फैलिए त्यसकाे जिम्मा कसले लिने ?

भारतीय श्रमिकबाट कोरोना भित्रियो : मुख्‍यमन्‍त्री पोखरेल

ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन, जिम्मेवार बनौं : मुख्यमन्त्री पोखरेल

खर्चको विवरण सार्वजनिकको माग गर्दै देशभर आन्दोलन उठान हुन लागेको बेला मुख्यमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो ।

उनले भनेका छन्, ‘यतिवेला सरकारले अझै ठुलो खरिद गरेर थप तयारी गर्नुपर्ने छ । अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले खर्चको व्यवस्थापन गरेका छन् । खर्च राज्यका स्थायी संरचनावाट हुने हो । वास्तविक खर्च त भुक्तानी भएसंगै सरकारी लेखामा देखिने नै छ । उपचार र परीक्षणमा संलग्नले पाउनुपर्ने जोखिम भत्ता सायद अहिले नै पाइसकेको अवस्था छैन । पछि त्यो जोडिदा अहिलेको खर्च बढ्न पनि सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *