नेपाल भारत सीमा विवादमा वार्ताको सहजीकरण गर्न तयार छु : बाबुराम भट्टराई

News

गोरखा : पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विद्यमान नेपाल भारतको सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार रहेको बताएका छन् । सोमबार बिहान गृहजिल्ला गोरखाका पत्रकारसँगको भेटमा भट्टराईले भारतीय राजनीतिक नेतासँग यस विषयमा छलफल भइरहेकाले सहजीकरण गर्न आफू तत्पर रहेको बताए ।

भारतका अहिलेका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सितारमन संयोगले जेएनयूकै सहपाठी हुनुहुन्छ । त्यसले गर्दा पनि एउटा भावनात्मक सम्बन्ध छ । त्यस हिसाबले पनि उहाँहरुले बेलाबेला सम्पर्क गर्नुहुन्छ । वार्ताका लागि वातावरण बनाउनुस् भन्नुहुन्छ’, उनले भने, ‘त्यस हिसाबले आवश्यक पर्दा वार्ताका लागि वातावरण बनाउन सकिन्छ । त्यसका लागि मुख्यतः प्रधानमन्त्री केपी शर्मा वलीको जुन अहंकारी प्रवृत्ति छ, त्यो उहाँले परित्याग गर्नुपर्छ । वार्ताको नेतृत्व त सरकारले गर्नुपर्छ । सहजीकरण गर्न र सहयोगी भूमिका निर्वाह गर्न म तयार छु ।’

खोसिएको भूमि प्राप्त गर्न फौजी ढंगले अघि बढ्नु अहिले असान्दर्भिक हुने भन्दै उनले वार्ता र संवादकै माध्यमबाट पहल गर्नुपर्नेमा उनले जोड दिए । कालापानी क्षेत्रको विषयमा जुन विवाद भइरहेको छ, त्यो भूमि त हाम्रै हो, कसैले खोसेर लान त सक्दैन’, उनले भने, ‘त्यसमा भोग अधिकार स्थापित गर्नका लागि फौजी ढंगले बल प्रयोग गरेर भारतीय सेनालाई निष्काशित गर्नु एउटा बाटो हुन्छ । यो नेपालको सन्दर्भमा अहिले वुद्धिमानी र व्यवहारिक हुँदैन । अहिलेको विश्वमा यो उपयुक्त पनि हुँदैन । दोस्रो बाटो भनेको अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कुटनीतिक वार्तामार्फत यो समाधान गर्ने हो ।’ त्यसका लागि प्रधानमन्त्री ओलीले आफ्नो क्षमता र कौशलता प्रदर्शन गर्नुपर्ने उनले तर्क गरे ।

वार्ताको पहल नगरी गरिएका वक्तव्यवाजीले प्रधानमन्त्रीले राष्ट्रियताको खोल मात्र ओढेको पुष्टि हुने टिप्पणी गरे । ‘यदि प्रधानमन्त्रीले यथासीघ्र वार्ता र संवाद गरी समस्या समाधान गर्न नसके राष्ट्रियताको आवरण मात्र ओढ्नु भएको हो कि भन्ने जनताले गरेको आशंका सत्य पुष्टि हुनेछ’, उनले भने, ‘मेरो व्यक्तिगत धारणा त अझ सीमा सम्बन्धी, पारावहनसम्बन्धी, अर्थ वाणिज्य सम्बन्धी विषय, विभिन्न सन्धी सम्झौता एकमुष्ट ढंगले हल गर्नका लागि प्रवुद्ध समूहबाटै सम्भव छ भन्ने हो । नेपाल र भारतका जनताको बीचमा कहिलै पनि दुश्मनी छैन । खालि सत्ता र सरकार बीचमा मात्र खटपट भएको हो । त्यसैले सकभर इपिजीमार्फत नै हल गर्नुपर्छ ।’

तर प्रधानमन्त्री ओली आफू पनि नजान्ने, अरुले भनेको पनि नमान्ने भएका कारण समस्या जड भएर रहेको उनले बताए । ‘दुखका साथ भन्नुपर्छ, हाम्रा प्रधानमन्त्री कसैको पनि सुझाव सुन्नुहुन्न । अल्पज्ञान र अहंकारको समिश्रण उहाँमा छ त्यसले आफू पनि सच्चिनुहुन्न, राष्ट्रिय, अन्तर्राष्ट्रिय वातावरण पनि बिगारिरहनु भएको छ’, भट्टराईले भने, ‘यो विषय सम्वेदनशील छ

है, समयमै समाधानको पहल गर्नुपर्छ है भनिरहँदा हाम्रा प्रधानमन्त्री संवेदनशील हुनुहुन्न । उहाँको अज्ञाता र अहंकारले गर्दा मुलुकमा यो स्थिति आएको हो ।’ वार्ता र सम्वाद नै यसको समाधान भएको उनले दोहोर्‍याए । महाकाली सन्धीका बेला केपी शर्मा ओली चुकिसकेका हुँदा त्यसप्रति क्षमा याचनासहित समस्या समाधानका लागि पहल गर्नुपर्ने उनले बताए ।

रौतहटको देवाहीगोनाही नगरपालिकामा दुई महिना नपुग्दै पाँच जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। छोटो अवधिमा अधिकृत हेरफेर हुँदा नगरको कार्य सम्पादनमा बाधा पुगेको छ।

हरेक साता जसो अधिकृतहरु हेरफेर हुन थालेपछि कार्य सम्पादनमा बाधा पुगेको भन्दै उपमेयर पक्षका जनप्रतिनिधिले लिखित रुपमै गुनासो गरेका छन्। कोराना भाइसरको महामारी र आर्थिक वर्षको अन्तिममा प्रमुख प्रशासकिय अधिकृत एकसाता मै सरुवा हुँदा ठुलो समस्या आएको देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवीले बताइन्।

वैशाख ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहको सरुवा गरी भोजबहादुर ऐडीलाई पठाएको थियो। ऐडीले कार्यभार सम्हालेको एक सातामै अर्का उपसचिव विजय कार्कीले वैशाख १८ गते हाजिर गरे। कार्कीको पनि मन्त्रालयले जेठ २८ गते सरुवा गरी मनोज रजकलाई पठाएको थियो। अधिकृत रजक हाजिर नहुँदै अहिले नायव सुब्बा तहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।

छिटो छिटो कर्मचारी हेरफेर गरेर नायब सुब्बालाई निमित्तको जिम्मेवारी दिइएको भन्दै उपमेयरसहित ६ जना वडाध्यक्ष, ८ जना कार्यपालिका सदस्यले गुनासो गरेका छन्। संकटपूर्ण अवस्थामा नगरपालिका अस्तव्यस्त भएको, क्वारेन्टाइनको अवस्था दयनीय रहेको, बजेट खर्च करिब करिब शून्य रहेको जनप्रतिनिधिको गुनासो छ। राहत र उद्धार कार्य पनि कमजोर रहेका बेला संघीय मन्त्रालयले नगरलाई अस्तव्यस्त बनाएर कोरोना संक्रमण फैलाउने वातावरण बनाएको उनीहरुको आरोप छ।

सो नगरका मेयर धमेन्द्र पटेल भने मन्त्रालयले उपसचिव तहका अनुभवी कर्मचारी पठाएको खण्डमा कार्यसम्पादन सहज हुने बताउँछन्। उपसिचव विजय कार्की हुँदा काम गर्न सहज भएको तर उपमेयरले कार्कीलाई काम गर्न नदिएको पटेलको आरोप छ। नगरपालिकाको प्रशासकिय अघिकृतको सरुवामा मन्त्रीस्तरबाटै अदृश्य चलखेल हुने बताइएको छ। त्यस्तो कार्य रोक्न सरकारले गम्भिर कदम नचालेको खण्डमा आफूहरु नगरको काम काज अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने जनप्रतिनिधि बताउँछन्। सो नगरपालिकामा जनप्रतिनिधीवीच कुरा नमिल्दा केही महिना अघि मात्रै दुई आर्थिक वर्षको नगरसभा भएको थियो। मेयर र उपमेयर पक्षवीचको विवादले नगरको काम कार्वाही प्रभावित भएको नगरबासी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *