लद्दाखमा चीन र भारतको भि’डन्त, तीन भारतीय सैनिक मा’रिए

News

असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् ।मृ’त्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।

सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो ।

तर सोमबार राति गोली हानाहान भएको छ ।भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गरेका छन् । वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।

चीनले भने भारतीय सैनिकले सीमा नाघेकाले झडपको अवस्था सृजना भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताएका हुन् । उनीहरुले चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले गम्भीर रुपमा झडप भएको उनले बताएका छन् । तर त्यसबारे चिनियाँ सैनिकतर्फ क्षति भए नभएको बताइनन् ।

अर्को समाचार:कोरोना महामारी नियण्त्रण गर्न सरकारले प्रभावकारी भुमिका नखेलेको निष्कर्ष निकालेर ‘इनफ इज इनफ’ भन्दै सडकमा देखिएका ‘ई:’ चार दिनमा दुई पटक पक्राउ परे । प्रहरीले अहिले उनलाई छाडिसकेको छ ।

उनले कक्षा १० पास नगर्दै ‘यो व्यवस्था परिवर्तन गर्छु’ भन्ने महत्वाकांक्षा बोकेर स्कुल छाडेका थिए । ‘आलो उमेरमा नै संसार नै पल्टाउन सक्छु’ जस्तो लागेर स्कुल छाडेको बताउने उनी विगतलाई फर्केर हेर्दा अहिले हाँस उठ्ने बताउँछन् । उनी सन् २०१२ सम्ममा राप्रप्रा नेपाल पार्टीमा थिए । पार्टीमा काम गर्दै जाँदा ‘मेरो बाटो यो होइन’ भन्ने महसुस गरेर पार्टी छाडे । तर, विभिन्न सामाजिक अभियानमा भने सक्रिय भइरहे।

अकुपाई बालुवाटार, हनुमानढोका निजीकरण गर्न खोजेको विरुद्धको अभियान, म स्वदेशी भन्ने सामाजिक काम र अभियानहरुमा पनि उनलाई देख्न सकिन्थ्यो । विवेकशील नेपाली दल गठनको क्रममा सहयोग गर्नेमध्येका उनी पनि एक थिए । तर, सक्रिय राजनीतिमा लाग्न अनिच्छुक भएका कारण उनी दलीय हिसाबले सक्रिय भएनन् । सन् २०१५ मा मधेस आन्दोलन चर्किएको बेलामा सम्मान, भाइचारा र सम्भावको सन्देश लिएर हुलाकी राजमार्ग र पूर्व पश्चिम पैदल गरेको उनले त्यहीबेला राष्ट्रिय एकता अहिंसाका लागि पहल गर्न सीके राउतलगायत विभिन्न नेताहरुलाई भेटेका थिए ।

सन् २०१६ मा सिंहदरबारमा रातो रंग छ्याप्ने व्याक्ति उनी नै थिए । त्यतिबेलाको उनको माग प्रधानमन्त्री र राष्ट्रपतिले राज्यको तर्फबाट भएका ऐतिहासिक दमन र हिसांको लागि माफ मागेर राष्ट्रिय मेलमिलापको लागि आह्वान गर भन्ने थियो । दमन र हिंसालाई राज्य सञ्चालनको माध्यमको रूपमा परित्याग गरेको घोषणा गर्न सरकारलाई उनको आग्रह थियो ।

त्यसैगरी सन् २०१७/१८ मा नेपालको पूर्व पश्चिम हिमाल पहाड तराई साढे तीन पटक हिँडे । ६ हजार किलोमिटर पैदल हिँड्दा मानिसहरुको बस्तीमा बास माग्दै हिँडेको उनी त्यो यात्रा सम्झँदै भन्छन्, ‘आफ्नो कौतुहल मेट्नु र स्वय‌ंको खोजी गर्नु त्यो पैदल यात्राको उद्देश्य थियो ।’

‘इनफ इज इनफ’ अभियानका उनै ‘ई:’ ले यो आन्दोलनको समग्र पाटोको बारेमा अनलाइनखबरलाई बताएका छन् : ‘इनफ इज इनफ’ अभियानको कुरा गर्नुपूर्व म आफ्नो नामको बारेमा प्रष्ट पार्छु । म आफूलाई ‘ई:’ भनेर चिनाउँछु। यो नाम म आफैंले रोजेको हो । अहिले म २५ वर्षको भएँ । घर छाडेको दस-एघार वर्ष भयो।

जीवनमा आफ्नै किसिमले अगाडि बढ्न, आफ्नै पहिचान बनाउन, आफ्नै विचार निर्माण गर्न र यो समाजले निर्माण गरेको विभिन्न परिधि भन्दा माथि उठ्न मैले ‘ई:’ नाम रोजेको हुँ ।

यो ‘ई:’ भनेको कस्तो रहेछ भने अधिकांश भाषामा भएको भवेल्स साउण्ड रहेछ । हाम्रो समाजको जुन जनाउहरुले मलाई कैद गर्छ नि, त्यो जनाउ भन्दा माथि उठ्नका लागि आफ्नो पहिचान आफैं निर्माण गर्छु भनेर मैले ‘ई:’ नाम प्रयोग गर्न थालेको हुँ ।

म सानै हुँदा मेरो बुवा पैसाको समस्या परेर विदेश जानुभएको थियो । त्यसपछि म केही समय मुमासँग बसेँ । त्यसको केही समयपछि मुमा र आमा छुटिनुभयो । त्यसपछि म मेरो आफूबुवासँग (हजुरबुवालाई उनी आफूबुवा भन्छन्) बसेँ । उहाँले नै मलाई हुर्काउनु भयो ।

घर छाडेर हिँड्नुपूर्व पनि म विभिन्न समुदायको साथीहरुकोमा गएर बस्थेँ । विभिन्न समुदायको साथीहरुकोमा बस्न मेरो लागि नयाँ कुरा होइन । जुन धरातल समाजले या कानुनले थोपर्न खोजेको छ, मैले आफ्नो नाम ‘ई:’ बनाएर त्यो धरातललाई बहिस्कार गरेको हो भन्न मिल्यो एक किसिमले । ‘ई:’ नामको कथा यही हो । त्यसैले म ‘ई:’ बाहेक अरु नाम वा विशेषणले चिनिन चाहन्न ।

अब म अहिले चलिरहेको अभियान ‘इनफ इज इनफ’ अभियान जन्मनुको पृष्ठभुमिका बारेमा बताउँछु । सुरुमै के प्रष्ट पार्छु भने म यो अभियानमा लहडमा या उक्साहटमा जोडिएको होइन । आफ्नो चेत र स्वविवेकले यो अभियानको ग्रुप सिर्जना गरेको हुँ । म पहिलेदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा आएको समाचार र लेखहरु पढिरहेको हुन्थेँ ।

जुन बेला अमेरिका र इरानमा संक्रमणले महामारी लियो, त्यतिबेला नेपालमा यो किसिमको संक्रमण देखिएको थिएन । ती देशहरुमा महामारीले रुप लिँदा ‘प्यानडामिक’ एउटा ‘पोर्टल’ हो भनेर ‘टर्म’ गर्न थालियो । अब संसार कुन दिशामा जान्छ भन्ने कुरा यो महामारीले निर्धारण गर्छ भन्ने धेरै विश्लेषकहरुको मत थियो । अनि जनता जिम्मेवार भएनन् र जवाफदेहिता खोजेनन् भने संसार निरकुशंतातिर उन्मुख हुन्छ भन्ने किसिमको विश्लेषण निरन्तर पढिरहेको थिएँ ।

स्वतन्त्रता भन्ने कुरा सित्तैमा आउदैन र स्वतन्त्रताको लागि संघर्ष गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । नेपालमा जनवरी २३ मा कोभिडको पहिलो केस ‘डिडेक्ट’ भयो । त्यसको धेरै समय पछिसम्म पनि भिजिट नेपाल इयर गर्ने, नेपालमा कोरोना आउँदै आउदैन भन्ने र नेपाललाई ‘कोरोना फ्री जोन’ घोषणा गर्ने सम्मको कुराहरु नीति निर्माण तहमै बसेको मानिसबाट आयो । उनीहरुबाट आएको यस्तो ‘रेस्पोन्स’हरु देख्दा हामी आउँदै गरेको महामारीको बारेमा कति धेरै अनविज्ञ रहेछौं, हाम्रो नेतृत्व कति धेरै अनविज्ञ रहेछ भनेर त्यतिबेला नै प्रष्ट भएको थियो ।

नेपालमा लकडाउन दोस्रो केस देखिएपछि प्रारम्भ भयो । पीसीआर टेस्टको दायरा बढाएर, एक्टिभ केसहरुलाई पहिचान गर्दै आइसोलेट गरेर, उनीहरुको क्लोज कन्ट्याक पहिचान गर्दै टेस्ट गरेर संक्रमणको चेन अफ ट्रान्समिसन ब्रेक गर्न लकडाउनको समयलाई राज्यले उपयोग गर्नुपर्ने थियो । तर, सरकाले लकडाउनको समय उपयोग गर्न नसकेको ‘ओपन सेक्रेट’ नै छ ।

लकडाउनको बेलामा ‘माइग्रेन्ट वर्कर’हरु जो, हाम्रो समाजको क्लास स्ट्रक्चरमा सबैभन्दा तल छन् । हाम्रो समाजवाद उन्मुख राष्ट्रमा कम्युनिष्ट सरकार हुँदा पनि उनीहरु बिचल्ली भएर घर जानुपर्‍यो । विभिन्न अफ्ठ्यारो बेहोर्नुपर्‍यो । कतिपय मानिसलाई त हामीले दशगजामा महिनौंसम्म रोक्यौं । उनीहरु बिचल्ली भएर पाल टाँगेर बसेका समाचारहरु दिनहुँ आउथे । हामी दशगजामा बिचल्ली परेका नागरिक र काठमाडौंबाट आफ्नो गाउँ पैदल फर्किएका मजदुरहरुको दयनीय अवस्थाको समाचार पढेर सामाजिक सञ्जालमा फ्रस्टेसन पोख्नेबाहेक केही गर्न सकिरहेका थिएनौं ।

यी सबै समाचारहर म इन्स्टाग्रामको स्टोरीमा हाल्थेँ । त्यो देखेर साथीहरु ‘गलत भइरहेको छ, अब त केही गर्नुपर्छ’ भनेर सोध्थे । यो लकडाउन सुरु भएपछिको कुरा हो । त्यहीबेला पब्लिक हेल्थ एक्सपर्ट (जनस्वास्थ्य विज्ञ) हरुले चेञ्ज डट ओवार्जीमा टेस्टको दायरा बढाउन सरकारलाई दबाव दिन भनेर एउटा पेटिसन सुरु गरेका थिए । त्यो पेटिसन हामीले धेरै साथीहरुलाई सेयर गर्‍यौं । संक्रमणको विस्तार रोक्न टेस्टको दायरा बढाउनुपर्छ भनेर मिडियाहरुले आवाज उठाइरहेका थिए । जनस्वास्थ्य विज्ञहरुले पटक पटक बोलिरहेका थिए। त्यो कुरामा हामी पनि लाग्यौं ।पब्लिक हेल्थ एक्सपर्टहरुले सुरु गरेको पेटिसनमा लगभग साढे १२ हजार हस्ताक्षर जम्मा भयो। त्यो कुराको सूचना स्वास्थ्य मन्त्रालयमा पनि पुर्‍याइयो तर, कुनै सुनुवाई भएन ।

त्यो बेला मिडियामा टेस्टमा भएका भद्रगोलका समाचारहरु पटक पटक आइरह्यो । आइसोलेसन र क्वारेण्टिनको बिजोक कोहीबाट छिपेको थिएन । घर जाने मजदुरले बाटोमै मृत्‍युवरण गर्नुपरेको समाचारहरु आइरहेको थियो । यस्ता समाचारहरु निरन्तर आइरहँदा पनि सरकार निरिह देखियो । त्यसले हामीलाई घुटन भए जस्तो भयो । हामी चाहिँ घरमा ‘स्टे सेफ, स्टे’ होम भन्दै बस्ने, तर जो निम्न वर्गका मानिस छन्, जसलाई सरकारको साँच्चिकै मद्दत चाहिएको छ । जो विदेशबाट नेपाल फर्किन खोजिरहेका छन्, उनीहरुलाई साँच्चिकै अफ्ठ्यारो भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *