मोदीले गरे दुई मिनेट मौनधारण, भने- जवानको बलिदान व्यर्थ जाने छैन

News

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सैनिकहरूसँगको झडपमा परी मृत्यु भएका २० सैनिकको सम्मानमा २ मिनेट मौनधारण गरेका छन्। बुधबार कोरोनाभाइरसको नियन्त्रणका सम्बन्धमा मुख्यमन्त्रीहरूसँगको भर्चुअल मिटिङको सुरूमा मोदीले दुई मिनेट मौनधारण गरेका हुन्। मौनधारणपछि सम्बोधन गर्दै उनले भारतीय सैनिकले गरेको बलिदानी खेर जान नदिने बताए।

‘वीरता हाम्रो देशको चरित्रको हिस्सा हो। भारत आफ्नो देशको सम्प्रभुताको रक्षा गर्न सक्षम छ, यसमा कुनै पनि देशलाई भ्रम नहोस्,’ मोदीले भने,‘हामी शान्ति चाहन्छौं तर कसैले हामीलाई उक्साउँछ भने त्यसको जवाफ दिन पनि सक्षम छौं।’
उनले चीनसँगको मतभेदलाई विवादमा बदलिन नदिन सधैँ प्रयास गरेको बताए।

‘समय आएपछि देशको सम्प्रभुताको रक्षा गर्न हामीले आफ्नो क्षमता प्रस्तुत गर्‍यौं,’ उनले भने,‘भारतको सम्प्रभुता हाम्रा लागि सर्वोच्च छ। त्यसको रक्षा गर्न हामीलाई कसैले रोक्न सक्दैन। म देशवासीलाई भरोसा दिलाउन चाहन्छु- हाम्रा जवानको बलिदान व्यर्थ जाँदैन। उनले सोमबार राति लद्दाखको गल्वानमा भएको झडपमा परी मरेका सैनिकप्रति गर्व महशुस गरेको बताए।
‘दिवंगतप्रति गर्व छ किनकी उनीहरू मार्दामार्दै मरे,’ मोदीले भने।

नेशनल मेडिकल कलेज वीरगञ्जले स्नातकोत्तर तह (पिजी) तेस्रो वर्ष अध्ययनरत विद्यार्थीलाई अतिरिक्त १५ लाख रुपैयाँ बुझाउन दबाब दिएको छ। असार ८ गतेसम्म परीक्षा फारम भर्ने समय छ। अतिरिक्त १५ लाख नबुझाए फारम भर्न नदिने कलेज प्रशासनले दबाब दिएपछि विद्यार्थीले आइओएमलगायतमा निवेदन दिएका छन्।

कलेजका २३ जना विद्यार्थीमध्ये २० जनाले कलेजले अतिरिक्त शुल्क मागेको भन्दै मंगलबार आइओएम डिन कार्यालयमा निवेदन दिएका हुन्। पिजिका लागि त्रिविले तोकेको शुल्क ३० लाख ९९ हजार तीन सय ९६ हो। उक्त रकममा थप १५ लाख बुझाएमात्रै फारम भर्न पाउने कलेजले बताउँदै आएको छ।कलेजले अतिरिक्त १५ लाख नदिएसम्म फारम भर्न दिन्न भनेको छ,’ नेसनलका एक विद्यार्थीले सेतोपाटीसँग भने, ‘अतिरिक्त पैसा नतिर्ने भए यो वर्ष परीक्षा दिन पाउँदैनौं भनेर धम्की दिइरहेका छन्।

उनका अनुसार यो ब्याचमा २३ जना विद्यार्थी छन्।
‘तीन जना साथीहरूले १५ लाखका दरले अतिरिक्त पैसा बुझाएर फारम भर्नुभएछ,’ उनले भने, ‘हामीसँग त पैसा छैन के दिने? २० जना विद्यार्थीले फारम भर्ना पाएका छैनौं।’ कलेजले आफूखुसी शीर्षक, उपशीर्षक खडा गरी अतिरिक्त पैसा मागेको उनले बताए। ‘तीन वर्षे एमडीका लागि त्रिविले ३० लाख ९९ हजार तीन सय ९६ रुपैयाँ शुल्क तोकेपछि कलेजले अतिरिक्त शुल्क लिन पाउँदैन,’ ती विद्यार्थीले भने।

यसअघि नै आफूहरूले क्लिनिकलको ३० लाख ९९ हजार तीन सय ९६, बेसिकको १२ लाख तीन हजार सात सय ७६ र होस्टेल दुई लाख ४० हजार रुपैयाँ शुल्क तिरिसकेको उनले बताए।
‘कलेजलाई अझै होस्टेल शुल्क थप ६० हजार थप गर्न हामी तयार भएका थियौं, तर कलेजले मानेन। १५ लाख अतिरिक्त बुझाउनुपर्छ भन्छन्,’ कलेजका अर्का विद्यार्थीले भने। फारम भर्ने म्याद सकिन अब एक साता बाँकी छ।

‘अतिरिक्त पैसा नतिर्ने हो भने फारम नभर, जाँच नदेऊ भन्छन्,’ उनले भने। आइओएममा निवेदन दिए पनि खासै चासो नदिएको उनको भनाइ छ। आइओएमले कलेजसँग कुरा गर, हामीलाई बीचमा नपार भन्छ,’ उनले भने, ‘अनुगमन र नियमन गर्ने निकायले नै विद्यार्थीलाई सहयोग गरेनन्।’ आइओएमले अतिरिक्त शुल्क तिर्नुपर्ने भन्ने लिखित दिए पैसा तिर्ने नभए फारम नभर्ने उनले बताए।आइओएमले कलेजलाई अतिरिक्त शुल्क लिन पाउँदैनौं भन्नुपर्‍यो। होइन भने अतिरिक्त शुल्क तिर भनेर हामीलाई लेटर दिनुपर्‍यो,’ उनले भने, ‘समस्या जानकारी गराइसकेपछि थाहा नपाएझैं बस्न त मिल्दैन नि!’ विद्यार्थीबाट अतिरिक्त शुल्क मागेको नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्दिन अन्सारीले स्वीकारे।

४५ लाख बुझाउने सहमतिअनुसार ती विद्यार्थीलाई तीन वर्षअघि भर्ना गरिएको अन्सारीको भनाइ छ। भर्ना हुने बेला एउटा रेट फिक्स भएको थियो। त्यसपछि विद्यार्थीले निवेदन हाले। शुल्क निर्धारण त्रिवि कार्यकारिणीले गरेको थियो। त्रिविले अनुगमन पनि पठायो। पहिल्यै फिक्स भइसकेको रेटबारे हामीले जानकारी गराएपछि उहाँहरू जानुभयो,’ उनले भने, ‘अनुगमनपछि त्रिविले कुनै निर्णय दिएन। हामीले सुरूमा विद्यार्थी भर्ना गर्दा लिएकै रेटलाई सदर मान्यौं।

विद्यार्थीले वर्षेनी बुझाउनु पर्ने शुल्क पनि अहिलेसम्म नतिरेको तर अन्तिम समयमा आएर शुल्क तिर्दैनौं भनेपछि फारम भर्न नदिएको उनले बताए।विद्यार्थीले धेरै ठाउँबाट टेलिफोन गराएका छन्। माफिया भनेर पनि लेखिरहेका छन्,’ उनले सेतोपाटीसँग भने, ‘शुल्क समायानुकूल गरिनुपर्छ।’ पैसा बुझाएका विद्यार्थीले फारम भरिरहेको उनले बताए।

‘लकडाउन भएपछि तीन महिना विद्यार्थी कक्षामा आएनन्। समस्या भए कलेजमा कुरा गर्ने हो, कहाँ-कहाँ कुरा गर्ने, सञ्चारमाध्यममा जाने? ठिकै छ हामी केही गर्न सक्दैनौं,’ विद्यार्थीलाई लक्षित गर्दै अन्सारीले भने, ‘उहाँहरूले फारम भर्नुहुन्न त हामीले के गर्ने? तिर्दिनँ भन्नेलाई के गर्ने देखाजाला!’
विद्यार्थीलाई भर्ना गर्दा ४५ लाख लिने गरी समझदारी भएको उनले दाबी गरे।

‘त्रिवि कार्यकारीको करिब ३१ लाख भए पनि हामीले ४५ लाख लिने गरी त्यसैबेला भर्ना लिएको हो,’ उनले भने, ‘यो पुरानै कुरा हो। त्यसबेला धेरै पैसा लिन पाइँदैन भनेर विद्यार्थीले निवेदन दिएपछि अनुगमन भएको थियो। खोइ अनुगमनपछि हामीलाई केही भनेनन्, अहिलेसम्म जानकारीको पर्खाइमा छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *