भारतमा पहिलोपटक कोरोनाबाट एकैदिन दुई हजारभन्दा बढीको मृ’त्यु

News

३ असार, काठमाडौं । भारतमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा दुई हजारभन्दा धेरैको मृ’त्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई हजार तीन जनाको मृ’त्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसको कारण मृ’त्यु हुनेको संख्या ११ हजार ९०
३ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि तीन लाख ५४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १३ हजार ४४५ संक्रमित फेला परेका छन् भने पाँच हजार ५३७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४८ हजार १९ संक्रमित फेला परेका छन् भने ५२८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४४ हजार ६८८ संक्रमित भेटिँदा एक हजार ८३७ को मृ’त्यु भइसकेको छ । गुजरातमा २४ हजार ५७७ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५३३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ९१ संक्रमित फेला परेका छन् भने ४१७ जनाको मृ’त्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ९०९ संक्रमित भेटिएका छन् भने ४९५ जनाको मृ’त्यु भइसकेको छ । बिहारमा ६ हजार ७७८ संक्रमित फेला परेका छन् भने ४१ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८६ हजार ९३५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

काठमाडौं । ब्राजिलमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब ३५ हजार नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ३४ हजार ९१८ नयाँ संक्रमित फेला परेका हुन् ।

ब्राजिलको लागि यो एकैदिनमा भेटिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको संख्या हो । यससँगै ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख २३ हजार १८९ पुगेको छ ।
त्यस्तै कोरोना भाइरसको कारण ब्राजिलमा मृ’त्यु हुनेको संख्या पनि ४५ हजार नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको कारण ४५ हजार २४१ जनाको मृ’त्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २८२ जनाको मृत्यु भएको हो ।

ब्राजिलमा लकडाउन खुकुलो बनाइएसँगै कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो ।
ब्राजिलका वरिष्ठ अधिकारीले ब्राजिलमा कोरोना भाइरस नियन्त्रणमा रहेको अभिव्यक्ति दिएकै दिन ब्राजिलमा कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *