२० भारतीय सनिकको मृ’त्युलगत्तै चीनले चाल्यो फेरी यस्तो ठुलो कदम

News

ल’डा’ईमा आफ्ना २० सैनिकको मृ,त्यु,पछि ह,ल्लि,ए,को भारतलाई चीनले अर्को ठु,लो झ,ट्का दिएको छ । चीनले लद्दाखमा भारतीय सेनासँग हिं’सा’त्मक भि’ड’न्त भएलगत्तै अर्को कडा कदम चालेपछि भारतभर रु,वा,वा,सी चलेको छ। चीनले लद्दाखमा भारतीय सेनासँग हिं’सा’त्मक भि’ड’न्तसँगै चिनियाँ सेनाले हिमालय क्षेत्रमा यु,द्ध अभ्यास तीव्र पारेको छ ।

सोमबार राती लद्दाखमा २० जना भारतीय सैनिक मा,रि,ने गरी भएको हिं’सा’त्मक भिडन्तसँगै चिनियाँ जनमुक्ति सेनाको तिब्बत कमाण्डले सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ ज,न,मु,क्ति सेनाले लामो दूरीको आर्टिलरी प्रणाली, जमनीबाट हावामा मार हान्ने मि,सा,इ,ल सिस्टम, विशेष अप्रेटिभ फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रिक काउन्टरमर्स फोर्स, इन्जिनियरिंग तथा एन्टी केमिकल वारफेयरको यु,द्ध अभ्यास गरेको छ। समुद्र सतहदेखि ४७०० मिटरको उचाईमा यो अभ्यास गरिएको टाइम्सले जनाएको छ। अभ्यासमा हजारौं सैनिक तथा ट्ंया,क सहभागीरहेको जनाइएको छ।

कसरि घ,ट्याे घ’टना ? सुरुमा भारतीय सेनाले झ,ड,प,मा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृ,त्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झ,ड,प,मा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृ,त्यु भएको जानकारी दिएको हो । चिनियाँतर्फको क्षति भने यकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उ,द्धृ,त गर्दै चिनियाँ पक्षबाट ठूलो संख्यामा ह,ता,ह,त भएको उल्लेख गरेका छन् । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दो,षा,रो,प,ण गरेका छन् ।

करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिं’सा,त्मक झ,ड,प विगत ४५ वर्षकै पहिलो हो । यो घटनाले दुई देशबीच युद्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ । चीनले एकतर्फी रूपमा ‘यथास्थितिको अवस्था’ मा परिवर्तन गर्न खोज्दा सोमबार साँझदेखि रातिसम्म हिं’सात्मक झ,ड,प भएको भारतले जनाएको छ । झ,ड,प,मा कर्णेलसहित तीन जनाको त,त्कालै र गम्भीर घाइते १७ सैनिकको पछि मृ,त्यु भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

शून्यभन्दा कम तापक्रम र हाई अल्टिच्युडका कारण घा,इ,ते,हरूको मृत्यु भएको सेनाले जनाएको छ । ‘माथिल्लो तहमा भएको सहमतिलाई चिनियाँ पक्षले इमानदारीपूर्वक पालना गरिदिएको भए दुवै पक्षमा ह,ता,ह,त हुने गरी भएको झ,ड,प रोक्न सकिन्थ्यो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनले भने भारतीय पक्षले अनधिकृत रूपमा निषेधित क्षेत्रमा प्रवेश गरेर सहमति उल्लंघन गरेकाले झ,ड,प भएको दाबी गरेको छ । चिनियाँ सेना पीएलएका पश्चिम क्षेत्र कमान्डका प्रवक्ता झाङ सुइलीले भारतीय सेना गलवन उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) नाघेर सुनियोजित रूपमा उत्तेजक आ,क्र,म,ण,मा ओर्लेकाले भीषण झ,ड,प भएको जनाएका छन् ।

कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा त,ना,व खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ । भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ ।

सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग पनि लामो समयदेखि विवाद रहँदै आएको छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई एलएसीबाट छुट्याइएको छ । दुवै मुलुकबाट बेलाबखत एलएसीको उल्लंघन हुँदै आएको छ । यस पटकको विवाद पनि त्यही एलएसीको उल्लंघनलाई लिएर भएको हो । त्यसमा पनि केही महिनायता गलवन उपत्यका, तातो पानी र प्यानगङ ताल क्षेत्रमा तनाव थियो ।

तनाव बढ्ने क्रमसँगै दुवै मुलुकले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाउँदै लगेका थिए । भारतले भारतीय सेना सँगै आईटीबीपीको ठूलो संख्यालाई लद्दाखको एलएसी क्षेत्रमा पठाएको छ । भारतले चीनको सैन्य उपस्थिति बराबर बनाउन लद्दाखको अतिरिक्त फौजबाहेक पनि जम्मु–कश्मीरबाट पनि थप सैनिक पठाएको थियो । पछिल्लो विवादमा चीनले भारतमाथि आफ्नो भूमिमा अनधिकृत रूपमा प्रवेश गरेको र सीमासम्बन्धी पूर्वाधार निर्माण गरेको आरोप लगाएको छ ।

भारतले भने आफ्ना सैनिक आफ्नैपट्टि रहेको बताएको छ । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न स्रोतबाट प्राप्त स्याटेलाइट तस्बिरहरूलाई आधार बनाउँदै दुवै पक्षबाट एलएसीको नजिकै सडक र टेन्ट बनाइरहेको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले लद्दाखका तीनवटा स्थानमा दुई देशका सैनिकबीच झडप भएको उल्लेख गरेका थिए । त्यसैगरी सिक्किमको नाकुला क्षेत्रमा पनि दुई देशका सैनिकबीच झडप भएको बताइएको छ । यसअघि विवादका कारण सीमामा खटिएका सैनिकहरूबीच हिंस्रक झडप भएका तस्बिर सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि भएको थिएन ।

तनाव भए पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस भइरहेको थियो । दुवै पक्षबीच औपचारिक र अनौपचारिक संवाद पनि भइरहेका थिए । भारत र चीनबीच सीमामा आइपर्ने तनावसम्बन्धमा छलफल गर्न सैनिक अधिकारीहरूको नेतृत्वमा एउटा विशेष संयन्त्र नै गठन गरिएको छ । पछिल्लो समय पनि उक्त संयन्त्रमार्फत दुई देशका सैनिक अधिकारीहरूबीच छलफल भएको थियो । गएको ६ जुनमा सैनिक अधिकृत तहमा पाँच घण्टा लामो बैठक भएको थियो । उक्त बैठकमा सीमामा तनाव कम गर्न नेतृत्व तहबाट भएको सहमति कार्यान्वयनमा लैजाने समझदारी गरिएको थियो ।

तर सोमबार फेरि अचानक दुई पक्ष आमनेसामने भएका हुन् । यो घटना भने पूर्वी लद्दाखको गलवन उपत्यकाको हो। भारतीय रक्षा स्रोतको भनाइमा कर्णेल सन्तोष बाबु एउटा सानो टुकडीसहित सोमबार साँझ गलवन उपत्यकाको १४ नम्बर बिन्दुमा परिस्थिति अवलोकन गर्न पुगेका बेला चिनियाँ पक्षले घेराउ गरेर आक्रमण गरेको थियो । त्यसपछि सहयोगका लागि भारतीय पक्षबाट थप जवान पुगे र दुई पक्षबीच हिंसात्मक झडप हुन पुगेको हो । स्रोतका अनुसार झडप छ घण्टासम्म चलेको थियो । त्यसक्रममा केही भारतीय सैनिक भीरबाट खसेको बताइएको छ । भारतले चीनतर्फबाट पनि ठूलो संख्यामा हताहत भएको दाबी गरे पनि मंगलबार साँझसम्म यकिन हुन सकेको छैन ।

घटनाको समीक्षा गर्न मंगलबार दिनभरि नै दिल्लीमा उच्चस्तरीय बैठकहरू चलेका थिए । रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा चिफ अफ डिफेन्स स्टाफ विपिन रावत, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे, प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलले विभिन्न चरणमा बैठक गरेका हुन् । भारतीय सञ्चारमाध्यमहरूले ती बैठकमा परिस्थितिको समीक्षा गरिएको उल्लेख गरेका छन् ।

‘पूर्वी लद्दाख क्षेत्रको सीमा क्षेत्रमा देखिएको तनावलाई मत्थर पार्न भारत र चीनबीच सैनिक र कूटनीतिक तहमा छलफल चलिरहेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतले सीमा क्षेत्रको विवादलाई वार्ताबाट हल गर्दै शान्ति कायम गर्न सकिनेमा विश्वस्त रहेको समेत जनाएको छ । सँगै भारतको सार्वभौमिकता र भौगोलिक अखण्डताको सुनिश्चित गर्न पनि दृढ प्रतिबद्ध रहेको समेत विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सन् १९६२ मा दुई मुलुकबीच सीमालाई लिएर यु’द्ध भएपछि लामो समयसम्म दुई मुलुकबीच सामान्य कूटनीतिक सम्बन्धसमेत थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीनको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गरेका थिए । त्यसपछि यी दुई मुलुक आर्थिक र कूटनीतिक रूपमा नजिकिँदै गए ।

दुई देशबीचको व्यापार बढेर नब्बे अर्ब डलर नाघिसकेको छ । र, शीर्ष तहको राजनीतिक भेटघाट पनि बाक्लो बन्दै गएको थियो । तर सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्तत: उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहान र ममाल्लापुरम अनौपचारिक शिखर वार्तासमेत भइसकेको छ ।

चीन र भारतबीचको हालको तनावलाई भूराजनीतिक द्वन्द्वका रूपमा हेरिएको छ । पछिल्लो समय भारतले अमेरिकालगायत मुलुकहरूसँग हिमचिम बढाउँदै लाँदा चीन असन्तुष्ट बन्दै गएको थियो । आफूलाई घेर्ने उद्देश्यका साथ ल्याइएको इन्डो–प्यासिफिक रणनीतिमा अमेरिकासँगै अस्ट्रेलिया, इन्डोनेसियालगायतसँग नजिकिएकामा चीन भारतसँग पछिल्लो समय असन्तुष्ट रहँदै आएको थियो । त्यसमाथि ५ अगस्ट २०१९ मा जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेपछि चीन भारतसँग थप रुष्ट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *