कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्‍ने ओली सरकारको तयारी

News

दार्चुला – सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्‍ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्‍ने गरी सम्भाव्यता अध्ययन थालिएको हो।

सरकारले २०६७ सालमा स्थापना गरेको अपिनम्पा संरक्षण क्षेत्रअन्तर्गत व्याँस गाउँपालिकाभित्र नेपाली सेनाको ब्यारेक राख्‍ने गरी प्रक्रिया अघि बढाएको हो। सेनाको ब्यारेक राख्‍न सम्भावित तीन स्थानको पनि बुधबार दार्चुला पुगेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवलोकन गर्ने भएका छन्।

नेपाल-भारत-चीन त्रिदेशीय सीमाक्षेत्रमा पर्ने अपिनम्पा संरक्षण क्षेत्रलाई लक्षित गरेर नेपाली सेनाको ब्यारेक राख्‍न तीनवटा स्थान यसअघि नै हेरिसकिएको थियो। बुधबार दार्चुला पुगेका प्रधानसेनापति थापाले ती स्थानको अवलोकन गर्ने सैनिक स्रोतले जानकारी दिएको छ।

भारतले नाका बन्द गर्ने हल्लाका बीच भारतको पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएको छ । सवारी प्रवेशमा रोक लगाएपछि निर्यात हुने कृषिजन्य वस्तु पूर्वी नाका काँकडभिट्टामा नै रोकिएको छ ।

नेपाल–भारतमा लकडाउन खुकुलो हुँदै गएपनि कृषिजन्य उत्पादन लामो समयदेखि निर्यात हुन नसक्दा कृषक तथा व्यवसायी मर्कामा परेका हुन् । पूर्वी नाका काँकडभिट्टाबाट ठूलो परिमाणमा निर्यात हुँदै आएको चिया, अदुवा, अलैँची लगायतका सामानको निकासी लकडाउनका कारण लामो समयदेखि ठप्प छ ।

कोरोना भाइरस नियन्त्रणका लागि नेपाल र भारततर्फ लकडाउन भएका कारण झापा, इलाम, पाँचथर, ताप्लेजुङ्गका कृषकका उत्पादन व्यवसायीले पूर्वको काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट निर्यात गर्न पाएका छैनन् । लकडाउन खुकुलो भएपनि कृषिजन्य उत्पादन पूर्वी नाका काँकडभिट्टाबाट निकासी हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *