खुसीको खवर :मलेसियामा नेपाली कोरोना सङ्क्रमितको संख्या शून्य,सबै संक्रमित निको भए

News

काठमाण्डौ – मलेसियामा कोरोना सङ्क्रमित नेपाली श्रमिक सबैजना निको भएको दावी गरिएको छ । मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र उनीहरुमध्ये सबैजसो निको भएको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताउनुभयो ।

उहाँका अनुसार दुई हप्ताअघि नै सङ्क्रमित ८१ मध्ये ४८ जना पूर्ण रुपमा निको भएको र ३३ जना निको हुने चरण थिए । पछिल्लो दुई हप्तामा कुनै कोही पनि नयाँ सङ्क्रमित नभएको र निको हुने चरणमा रहेका ३३ जना पनि निको भएको द्वितीय सचिव त्रिपाठीले दावी गर्नुभयो ।‘यहाँ अहिले अवस्थामा सुधार आइसकेको छ, दुई हप्ताअघि ३३ जना निको हुने चरणमा हुनुहुन्थ्यो,’ द्वितीय सचिव त्रिपाठीले भन्नुभयो, ‘हामीलाई निको हुनेका तथ्याँक औपचारिक रुपमा प्राप्त हुँदैन, तर पनि उहाँहरु पनि निको भइसक्नुभएको छ ।’

मलेसियामा सुरुवाती चरणमा कोरोना सङ्क्रमण छिटोछिटो बढ्दा नेपाली श्रमिक पनि त्यसबाट प्रभावित भए । तर खाडीका देशको तुलनामा मलेसियामा कोरोनाबाट कम सङ्ख्यामा नेपाली सङ्क्रमित भए । नेपालीको श्रम गन्तव्य देश यूएई, साउदी, कतार लगायतका देशमा केही नेपालीको कोरोनाको कारण ज्यान पनि गयो । तर मलेसियामा सङ्क्रमित सबैले सजिलै कोरोना जितेको र कसैको पनि ज्यान नगएको दूतावासका द्वितीय सचिव त्रिपाठीले बताउनुभयो ।

मलेसियामा अहिलेसम्म ८ हजार ५०५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ७ हजार ७३३ जना निको भइसकेका छन् । कोरोनाबाट मलेसियामा १२१ जनाको ज्यान गएको छ । ६५१ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि गएको मे ४ देखि नै लकडाउन खुकुलो बनाइएको थियो ।

बुटवल । बिहान ८ः३० बजे तिनाउ गाउपालिका वडा न ३ मरेकमा चुनढुंगा खानी सन्चालकसंग बैठक थियो । लकडाउनको बेला भएपनि खानी सन्चालनमा आएका कारण खानी सन्चालक र टिप्पर ब्यवसायीका बिच कारोवार रोकिएको थिएन ।तिनाउ गाउपालिका घर भएका २२ जना बढी टिप्पर ब्यवसायी र खानी सन्चालक बिचको बैठक १० बजे तिर सकिएपछि सबै आ आफ्नो घर तिर लागे ।रुपन्देहीको तिलोत्तमा र पाल्पाको तिनाउ गाउपालिका दुवैतर्फ घर भएका ब्यवसायीहरु कृष्ण बस्याल नन्दु बस्याल लगायत खानी सन्चालक समेत गरी १० जनाको टोली दोभान र झुम्साको बिचमा रहेको तिनाउ होटल एण्ड रेष्टुरेन्टमा पसे ।

पहिल्यै खाना अर्डर गरेको टोली करीव १०ः३० बजे होटल छिरेको थियो । खानी सन्चालक २ जना सहितको उक्त टोलीले १२ बजे आसपास खाना खाएपछि निस्कीएको थियो ।होटलबाट निस्केको केही बेरपछि पुनः होटल फर्किएको टोली ३ बजे सम्म बसेको थियो ।पछिल्लो पटक फर्किदा खानी सन्चालक थिएनन ।प्रदेश ३ अर्थात बाग्मती प्रदेशमा दर्ता रहेको प्रदेश ३- ०१ -२२ च ४५२२ नंको उक्त टोली चढेको गाडी दोभान चौकी आईपुग्दा अनियन्त्रीत र तिब्र गतिमा थियो । ब्यवसायी दयाराज पाण्डेले चलाएको उक्त गाडीलाई दोभान प्रहरीले रोक्ने प्रयत्न गरेपनि नरोकेको दोभान प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गाडी अनियन्त्रीत र तिव्र गतिमा थियो ।ड्युटिमा खटिएको प्रहरीले रोक्ने प्रयत्न गरेको थियो तर वहाहरुले रोक्नु भएन चिनजानकै भएका कारण फर्किदा रोकेर सम्झाउला भनेर वास्ता गरिएन चौकीका ईन्चार्ज डाल बहादुर घर्तीले भने ।दोभान चौकीबाट बुटवलतर्फ लागेको गाडी त्यसको केही बेरमै सिद्धबावा नजिकै रहेको कदमबास भन्ने स्थानबाट तिनाउ नदिमा खसेको थियो । दुर्घटनमा परेकाहरुको उद्धारमा करिव १ घण्टा हाराहारी समय लागेको थियो ।घटनास्थल रहेको सडक जोखिमपुर्ण नरहेको भएपनि २ सय मिटर तल तिनाउ नदिमा गाडी खसेको र तलपट्टि भिर भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परि दयाराज पाण्डे, कृष्ण बस्याल, नन्दु बस्याल, शिव पाण्डे, बालकृष्ण बस्याल र बिनोद बस्याल घाईते भएका थिए । दुर्घटनामा परेकाहरु सवैको उमेर ३० बर्ष हाराहारी रहेको छ ।घाईते मध्ये ५जनालाई नेपाली सेनाको हेलीकप्टरबाट थप उपचारका लागि काठमाण्डौ लगिएको छ । काठमाण्डौ लगिएका घाईतेहरु मध्ये नन्दु बस्यालको अवस्था गीम्भर रहेको छ भने बुटवलमा उपचार गराई रहेका कृष्ण बस्यालको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *