साउनमा मेलम्चीको पानी काठमाडौंबासीको धारामा’

News

खानेपानी मन्त्री बिना मगरले साउन महिनाभित्र मेलम्चीको पानी काठमाडौंका धारामा आईसक्ने बताएकी छिन् । राष्ट्रिय सभा बैठकमा बजेट सम्बन्धी छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले असार भित्रै मेलम्चीको पानी काठमाडौंमा झार्ने र साउनमा धारामौ वितरण गर्ने बताएकी हुन् ।

‘चालु आर्थिक वर्षभित्र मेलम्चीको पानी पथान्तरण गरिनेछ र आगामी आर्थिक वर्षको सुरुमै काठमाडौंबासीका धारामा पानी वितरण गरिनेछ ।’, मन्त्री मगरले भनिन् । उनले मेलम्चीको उद्घाटन गर्ने ऐतिहासिक तयारी भैरहेको पनि बताईन् । पश्चिम नवलपरासीको सुनवल वडा नं १ मा सुनौलो हजार दिन सम्मका बालबालिकाका आमाहरुलाई बिभिन्न तरकारीका बिउबिजन बितरन गरिएको छ ।

सुनवल नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को कार्यक्रम अन्तर्गत सुनवल वडा नम्बर १ वडा कार्यालयले वडा भित्रका ३० जना आमाहरुलाई बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत बिभिन्न तरकारीको बिउबिजन उपलब्ध गराइएको वडा सदस्य मनबहादुर थापा मगरले जानकारी दिनुभएको छ ।

बालबालिकाको शारिरिक तथा मानशिक बिकासका लागि पोषण युक्त खानपानको आवश्यकता रहेकाले त्यसको कमि हुन नदिन हिउदे सिमि, कार्तिके बोडी, गाजर, मुला, पालुङ्गो , राय साग लगायतका बिउ बितरण गरिएको हो । सोहि अवसरमा ३० थान हजारी पनि बितरण गरिएको वडा सदस्य थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, कार्यपालिका सदस्य शान्ता भन्डारी, पुनम बि क, वडा सदस्य मन बहादुर थापा मगर, बाल कुमारी परियार, युद्ध जंग जिसि , कृषि शाखा प्रमुख सन्तोष कंडेल, गौमया बुढा, पुरन चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *