कोरोना रुघाखोकी जस्तो हो, लाग्यो भने तातोपानी खानुपर्छ’

News

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालहरूमा इम्युन सिस्टम दह्रो रहेको दोहोर्‍याएका छन् । प्रतिनिधिसभामा सांसदरूलाई कोरोना टिप्स दिँदै उनले नेपालीहरूको खानेकुरा खाने तौर तरिका र भान्छाका कारण रोग प्रतिरोधी क्षमता दह्रो रहेको बताएका थिए ।

राष्ट्रियसभामा पनि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले कोरोनाले छोयो भन्ने बित्तिकै नमरिने बताउँदै तातोपानी खाएर निको हुने दाबी गरे । उनले आत्मविश्वास दह्रो भए कोरोना आफैं पराजित हुने पनि टिप्स दिए ।

“कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लाग्यो भने, हाच्छिउँ गर्नुपर्छ । तातोपानी खाएर निको पार्छ भन्ने सोच्नुपर्छ । कोरोनाले लाँदैन भन्ने सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ,” उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एममिसी सम्झौता बारे धेरै हल्ला चलेको बताएका छन् । ‘अहिले केही केहीले हल्ला चलाएका छन् । पढ्न अल्छी लाग्छ कि क्या हो’, प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा भने, ‘एमसिसी पढेका मान्छे मैले त्यति भेटिनँ । सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भन्ने कस्तो चिन्तन ।’

उनले खुट्टाले हिँड्न छाडेर टाउकाले टेकेर, हातले टेकेर, खुट्टा ठाटा पारेर हिँड्ने अभ्यास जरूरी नरहेको बताए । ‘खुट्टाले टेकेर हिँड्ने भनेको त्यसमा जे प्रबन्ध छ त्यसमा ठिक-बेठिक यहाँ-यहाँ छ भनेर भन्नु एउटा कुरा हो । लहैलहैमा लौ अमेरिकी सेना आउने भयो… कहाँ पढ्नछन्, के पढ्छन् अचम्म लाग्छ ।’

उनले कागले कान लगेको भए छाम्न सुझाए । ‘कागले कान लैजाँदा त दुख्छ होला नि, अलिकति दुखेको छैन भने होइन होला भन्ने त थाहा पाउनु पर्‍यो नि’, ओलीले भने, ‘दुखेको छैन भने पनि छाम्नु पर्‍यो नि कान छ कि छैन यहाँ भनेर । दुख्यो दुखेन पनि वास्ता नगर्ने, छ कि छैन पनि नछाम्ने अनि लहैलहैमा कुद्ने यो प्रवृत्ति बडो अचम्म लाग्छ मलाई ।’

उनले एमिसिसीको विषय सडक र अन्य छलफलको विषय बनेको उल्लेख गरे । ‘अहिले सडकको पनि विषय बनेको छ । अन्तको पनि विषय बनेको छ । तर पढे हुन्थ्यो नि । सम्झौतामा के लेखको छ’, ओलीले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो । यो देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *