भारत र चीनबीच त’नाव भएकै बेला प्रवेश गर्यो अमेरिकी सेना

News

काठमाडौं । भारत र चीनबीच सिमानाा अहिले झ डप भइरहेको छ । लद्दाकमा भएको दुई सेनाबीचको भि डन्त मा २० भारतीय सेनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने भारतीय सेनामा कर्णेल समेत छन् । सो झ डप पछि भएको वार्ता पछि चीनले आफ्नो क ब्जामा रहेका थप भारतीय कर्णेल सहित १० जनालाई रि हा गरेको छ । चीन र भारतबीच त ना व बढिरहेका बेला अमेरिका पनि यस क्षेत्रमा प्रवेश गरेको छ ।

अमेरिकाले प्रशान्त महासागरमा आफ्ना तीन यु द्ध पोत तैनाथ गरेको चिनियाँ मिडियाले उल्लेख गरेको छ । चीनको सरकारी धारणा बोल्ने पत्रिका ग्लोबल टाइम्सले अमेरिकाको कदमले दक्षिणी चीन सागरमा आफ्ना सैनिकलाई ख त रा हुने जनाएको छ ।

चीनका नौसेना विशेषज्ञ ली र्जीको हवाला दिँदै ग्लोबल टाइम्सले यसो गरेर अमेरिकाले प्रशान्त क्षेत्र समेत पूरै विश्वसामु आफूलाई सबैभन्दा शक्तिशाली नौसेना शक्तिको रुपमा देदाउन चाहेको आरोप लगाएको छ ।

अमेरिकाको यस्तो कदमले स्प्रेटली र प्यारासेल आइल्याण्डमा तैनाथ चिनियाँ सैनिकलाई ख त रा हुने उल्लेख छ । यी आइल्याण्ड नजकैबाट जाने जहाजहरुलाई पनि ख त रा हुने पत्रिकाले जनाएको छ । यद्यपि चीन यो क्षेत्रमा आफ्नो हितबाट पछि नहट्ने पनि बताइएको छ ।

काठमाडौं, ५ असार । नेपाल र चीनका एक सय बढी नेताले भिडियोमा छलफल गर्ने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेता आज भिडियो छलफल गर्ने भएका छन् ।

चीनको चाहना अनुरुप नेकपाका नेताहरु चीनक नेतासंगको छलफलमा जुट्न लागेका हुन् । नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले सो छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी हुने बताएका छन् । उनले सुरुमा दाहालले नै चिनियाँ पक्षलाई पार्टी स्थापना दिवसको अवसरमा शुभकामना दिने बताएका छन् ।

यस अघि पनि नेपाल र चीनका कम्युनिष्ट नेताहरुबीच अन्तरकृया भएको थियो । करिब ८ महिना अघि भएको दुई देशका कम्युनिष्ट नेताहरुबीचको अन्तरकृयाको निकै चर्चा चलेको थियो । नेपालका कम्युनिष्टहरु चीनका कम्युनिष्ट नेतावाट प्रभावित भएको आरोप लागिरहेको बेलामा संयुक्त छलफल हुन लागेको हो । शुक्रवार दुई देशका कम्युनिष्ट नेताबीच सामाजिक सञ्जाल जुमवाट अन्तरकृया हुनेछ । करिब आठ महिनाअघि चीनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणअघि पहिलो पटक काठमाडौंमा यस्तो अन्तरक्रिया भएको थियो।

शुक्रवार हुने जुम भिडियो अन्तरकृयामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत नेपालबाट सय बढी सहभागी हुने बताइएको छ । त्यसका लागि केही नेताहरु पार्टी कार्यालय धुम्बाराही पुग्नेछन् । अन्य प्रदेशका नेताहरु पनि जोडिने बताइएको छ ।

आजको अन्तरक्रियामा कोरोनावाट चीनले पाएको सफलता, कोरोना रोकथामका प्रयासका बारेमा पनि छलफल हुने बताइएको छ । दिउसो करिब २ वजे सुरु हुने अन्तरकृयामा चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ लगायतका नेताहरू सहभागी हुनेछन्।

नेपालले भारतद्धारा अतिक्रमित भूमी समेत समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाललाई चीनको इसारामा यस्तो निर्णय गरेको आरोप लगाउँदै आएको छ । नेपाललाई चीनको इसारामा भारत विरुद्ध लागेको आरोप लागिरहेको बेलामा नेपाल र चीनका कम्युनिष्टका नेताहरुबीच अन्तरकृया हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *