डब्ल्यूएचओ भन्यो : अब बजारमा छिटै आउने छ कोरोनाको खोप

News

बेलामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा समारात्मक समाचार दिएको छ । विश्वस्वास्थ्य संगठनले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड(१९) को खोप उपलब्ध हुनसक्ने बताएको छ । सो खोप हजारौं डोज उपलब्ध हुने पनि डब्लुएचओले जनाएको छ । विश्वस्वास्थ्य संगठनको यस्तो खबरले कोरोनावाट आहत परेका मुलुकले केही राहत महशुष गर्ने भएका छन् ।

चीनवाट सुरु भएको कोरोना विश्वव्यापी फैलदा त्यसको खोप निर्माणमा पनि विश्वभरकै चिकित्सक र अनुसन्धानकर्ता जुटेका छन् । विश्वस्वास्थ्य संगठनले खोपवाट निकै कमजोर र सबैभन्दा प्रभावित मानिसहरुलाई बचाउन सकिने बताएको छ ।

विश्वभर दुई सय भन्दा बढी अभियन्ता यसमा जुटेको र केही सकारात्मक परिणाम हात लागेको विश्वस्वास्थ्य संगठनले जनाएको छ । विश्वस्वास्थ्य संगठनका वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार केही सकारान्मक संकेत देखिएको हो । विश्वभर अहिले दुई सयभन्दा धेरै सम्भावनाको विषयमा काम भइरहेको र करिब १० खोपको मानिसमाथि प्रयोग चलिरहेको छ, उनले भनेकी छन् ।

उनले निकै सोचविचार गरेर प्रमाणीत भएपछि मात्र यसका बारेमा बोल्नुपर्ने बताएकी छन् । खोप निर्माण गर्नु एक जटिल काम रहेकाले यसका विषयाम धेरै आशंका र धेरै राम्रो काम हुने गरेको उनको भनाई छ ।

विश्वस्वास्थ्य संगठन अहिलेको अनुसन्धानवाट सफल हुन नसकेपनि हार नमान्ने बताइन् । उनले भनिन्, एकपटकमा सफल हुन नसके फेरि फेरि पनि प्रयास हुन्छ, तर हार मान्ने काम हुनेछैन । अहिले देखिएका संकेतले सकारात्मक परिणाम दिए यो वर्षको अन्तिमसम्ममा एक वा दुई सफल खोप आउने बताइन् । सुरुमा यो खोप फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु र सबैभन्दा गम्भीर बिरामीहरुलाई दिइने स्वामीनाथनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *