नेपाललाई आर्थिक संकटबाट जोगाउन प्रदेशहरु खारेज गरी, सय जनाको संसद र १० जनाको मात्रै मन्त्रि मण्डल बनाऔं

News

नेपाललाई आर्थिक संकटबाट जोगाउन प्रदेशहरु खारेज गरी, सय जनाको संसद र १० जनाको मात्रै मन्त्रि मण्डल बनाऔं , विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण नेपाल पनि ठूलो आर्थिक संकटमा पर्न सक्ने देखिन्छ ।

नेपालका लागि नेपाली अभियानका एक अभियान्ता समेत रहेका बालकृष्ण न्यौपानेले संकटबाट जोगिन प्रदेशहरुको खारेज गरि सय जनाको संसद र दश सदस्यीय मन्त्रि मण्डल रहने प्रणालीमा जानुपर्ने तर्क अघि सारेका छन् । एक यूट्युव ट्च्यानलमा बोल्दै उनले कोरोना महामारीले अहिलेको राजनीतिक व्यवस्था र संविधानलाई संकटमा पारेको भन्दै अहिलेको संरचना आर्थिकरुपमा धानिन नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

न्यौपानेले अब वैदेशिक रोजगारीबाट विप्रेषण आयमा पनि कमी हुने र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा पनि नआउने भएकाले १० जनाको मन्त्रिमण्डल, सय जनाको मात्रै संसद बनाउनुपर्ने भन्दै प्रदेशहरु खारेज गर्नुपर्ने तर्क गरेका हुन् । त्यसो नगर्ने हो भने हात्तिलाई बोकाको दाना जस्तो हुने उनको तर्क रहेकाे छ ।

न्यौपानेले बोकालाई दिने दाताले हात्तिलाई नपुग्ने बताउँदै संविधानसभा निर्वाचन गराउने नाममा राज्यको ठूलो धुकुटी खर्च भएको र तीन तहको सरकारको ठूलो संरचनाबाट राज्य कोषमा ठूलो लुट गर्ने काम भइरहेकोले यसलाई रोक्न छरितो संरचनामा जानुको विकल्प नरहेको समेत बताएका छन् ।

वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले फजुल खर्च कटौतीतर्फ नजाने हो भने कर्मचारीले तलव खान नै नपाउने स्थिति आउनसक्ने भन्दै रुसमा जस्तै आधा तलवमा काम गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । आर्थिक अवस्था राम्रो हुँदा मात्रै धेरै खर्च गर्ने हो भन्दै उनले तर आर्थिक अवस्था बिग्रिएमा खर्च कटौतीमा जानैपर्ने बताए ।

कोरोनाको समस्या कहिलेसम्म रहन्छ त रु अनिश्चित रहे पनि यसले ठूलो आर्थिक समस्या आउने कुरा सुनिश्चित रहेको बताउनु भयाे । सानो र कम खर्चिलो संरचनाबाट अघि नबढ्ने हो भने यो देश चल्न सक्दैन भन्दै उनले कोरोनाका कारण नेपालीहरुले अझै धेरै दुःख पाउनुपर्ने दिन आउँदैछ भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *