प्रधानमन्त्री पदबाट ओलीले बिदा लिनुपर्छ : बाबुराम भट्टराई

News

काठमाडौं : जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अब प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई विदा गर्नुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै सबैले साहस बटुलेर प्रधानमन्त्री ओलीको स्वास्थ्य ठीक नभएको भन्दै छिटो विदा दिनु पर्नै टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हिजो कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाछ्यु साछ्यु गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाईदिनुपर्छ भनेर राष्ट्रियसभामा बोलेको प्रति भट्टराईले प्रधानमन्त्रीलाई विदा गर्नु पर्ने तर्क गरेका हुन् ।

Baburam Bhattarai ✔@brb1954 देशको प्रमले पटकपटक यस्ता वेसुरका कुरा गर्दा हामी सुनेर बस्छौं वा प्रतिवाद गर्न डराउँछौं भने गरीबी, धामीझाँक्री र अन्धविश्वासको दुष्चक्रमा परेका जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून्? अब सबैले साहस बटुलेर भन्नैपर्छ- प्रमको स्वास्थ्य ठीक छैन;छिटो विदा दिनैपर्छ!

कोरोना रूघाखोकीजस्तै हो, हाच्छ्युँसाच्छ्यूँ गरेर तातोपानी खाएर उडाइदिनु पर्छ: प्रधानमन्त्री भट्टराइले ट्वीटमा लेखेका छन्– ‘देशको प्रधानमन्त्रीले पटकपटक यस्ता बेसुरका कुरा गर्दा हामी सुनेर बस्छौं वा प्रतिवाद गर्न डराउँछौं भने गरीबी, धामीझाँक्री र अन्धविश्वासको दुष्चक्रमा परेका जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून् ?

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच हुने भनिएको भिडियो कन्फ्रेन्सले नेकपामा विवाद चुलिएको छ।

विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्दै बबण्डर सुरु भएको हो। नेकपाको विदेश विभागले भिडियो कन्फ्रेन्सका बारेमा असन्तुष्टी जनाएको छ ।

नेकपाको स्कुल विभागले आयोजना गरेको भनिएको यो कार्यक्रमबारे विदेश सम्बन्ध राख्ने वैधानिक निकाय विदेश विभागले अनविज्ञता प्रकट गर्दै आफुहरुसँग कुनै समन्वय नै नभएकाले त्यसबारे आफुहरुलाई कुनै जानकारी नभएको प्रष्ट पारेको छ ।

शुक्रबार अपरान्ह सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच भिडियो कन्फरेन्स (छलफल) प्रारम्भ भएको छ । सत्तारुढ नेकपा र सीपीसीका नेताहरुबीच शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीको ९९ वर्षगांठको अवसरमा भिडियो कन्फरेन्स भएको हो ।

नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट उक्त भिडियो कन्फरेन्समा सीपीसीसंग जोडिएका छन् । कन्फरेन्समा कोरोना महामारीले निम्त्याएको संकटका बारेमा छलफल हुने बुझिएको छ ।

भिडियो कन्फरेन्समा नेकपाका अध्यक्ष ‘प्रचण्ड;,उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्कुल विभागका उपप्रमुख बेदुराम भुसाल लगायतका सयभन्दा बढी नेता सहभागी छन् भने चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ लगायतका नेताहरू सहभागी छन्।

तर यस्तो महत्त्वपूर्ण विषयमा समेत सो पार्टीका विदेश विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले कुनै जानकारी नभएको भन्दै केही नसोध्न आग्रह गरेका छन् ।

नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा हुने कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *