भारतमा चिनियाँ राष्ट्रपति भन्दै किम जोंगको पुत्ला दहन

News

भारत । भारत र चीनबीच झ डप हुँदा २० भारतीय सैनिकले ज्यान गुमाएकै कारण यतिबेला भारतीय जनता चीनप्रति निकै आ क्रोसित छन् । भारतीय जनताले चीनविरुद्ध प्रदर्शन पनि गरी रहेकाछन् । उक्त प्रदर्शन बंगालको आसनसोलमा पनि गरिएको छ । उक्त विरोध प्रदर्शनको क्रममा भाजपा कार्यकर्ताले निकै रोचक गल्ती गरेका छन् ।

भाजपा कार्यकर्ताले चीनको विरोध गर्नका लागि पुत्ला दहन गरेकाछन् । उनीहरूले चिनियाँ राष्ट्रपति शी जिनपिङको पुत्ला भन्दै उत्तर कोरियाली नेता किम जोंगको पुत्ला दहन गरेका हुन्। यो भिडियो इन्टरनेटमा निकै भाइरल भएको छ । यसमा भाजपा नेताको मज्जाले ट्रोल पनि भइरहेको छ ।

भिडियोमा बंगाल भाजपाका कार्यकर्ता पुत्ला लिएर उभिएका छन् भने एकजनाले क्यामरातर्फ हेर्दै भनेका छन्, ‘हामी चीनको विरोध गरिरहेका छौं । चीनका प्रधानमन्त्री किम जोंगको पुत्ला जलाउँदैछौं । हामी मानिसहरुलाई चिनियाँ उत्पादनको प्रयोग नगर्न आग्रह गर्छौं । स्वदेशी सामान प्रयोग गर्नुहोस् ।’

काठमाडौं । भारतले नेपालमाथि फेरी लगायो अघोषित नाकाबन्दी । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिदिए अघोषित नकाबन्दी लगाएको छ ।

लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भइरहेको थियो । तर अहिले एकाएक नेपाली वस्तु निर्यात हुन दिइएको छैन । विना कारण भारतले नेपाली सामानलाई सीमामा रोकेर राखेको छ ।

नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैन भन्छन,’भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको हो । तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्नै दिएन ।’

उनका अनुसार बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोक्यो । भारतीय पक्षले गाडी अगाडी जान नदिएपछि फर्काउन पनि नमिलेको भन्दै जैनले सबै गाडी मेची पुलमा अलपत्र परेको बताए ।

नेपालबाट चिया, अलैंची र अम्रिसोका गाडी भारत र बंगलादेशका लागि पठाइएको हो । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ । मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जानकारी दियो ।

भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई दिइएको छ । त्यहि अनुसार नेपाली सामान भारतीय प्रहरीले सीमामा रोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *