चीनसँग युद्धको लागि गोर्खा सैनिकलाई प्रयोग नगर्न नेकपाकाे आग्रह

News

काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले भारतलाई नेपाली युवाहरुको गोर्खा रेजिमेन्टलाई चीनविरुद्ध युद्धमा प्रयोग नगर्न आग्रह गरेको छ । अहिले गलवान उपत्यकामा भारत र चीनबीच तनाव बढेका बेला भारतले गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली युवालाई विदा कटाएर बोलउनुले भारतले उनीहरुलाई सीमामा खटाउन लागेको बुझिएको भन्दै नेकपाले आपत्ति जनाएको छ।

सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ ।’

‘दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाको पक्षमा र अर्कोका विरुद्धमा युद्ध लड्नुपर्ने कुरा उचित एवम् स्वीकार्य छैन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तको बिरुद्ध पनि छ। दुई समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ।’ नेकपाले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न एवम् देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई सधैका लागि खारेज गर्न समेत माग गरेको छ। अन्लाईननेपालडटकम बाट

अर्घाखाँची-सन्धिखर्क नगरपालिका १ हटारिनेटाको आइसोलेशनमा रहेका ३० जना कारोना सङ्क्रमित उपचारपछि निकाे भएका छन् सन्धिखर्क नगरपालिका ६ नरपानीका १३, वडा नम्बर ७ खाँचीकोटका १५, पाणिनि गाउँपालिका ७ का एक जना र शीतगङ्गा नगरपालिका १० का एक जना गरी ३० जनाले कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।

आज सङ्क्रमणमुक्त हुनेमा दुई जना महिला र २८ जना पुरुष रहेका छन्, उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति हुन् ।भारतबाट फर्किएर पालिकाले बनाएका क्वरेण्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनीहरु जेठ १० गते भूमिकास्थान नगरपालिका ९ का ३४ वर्षीय पुरुषसँगकाे सम्पर्कमा आएका व्यक्ति हुन् । ती पुरुषकाे नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो । गएको जेठ १८ गते उनको सम्पर्कमा आएका र उनीसँगै आएकाहरुको स्वाब परीक्षणकाे लागि पठाइएको थियो ।अर्घाखाँचीमा काेरोना सङ्क्रमितको सङ्ख्या दुई सय ३९ पुगेको छ । कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *