विदेशी महिलाले नेपालीसँग विवाह गरे शरणार्थीको दर्जा पाउनेछन् – सरिता गिरी

News

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नागरिकता विधेयकमा विदेशी महिलाले बिहे गरेको सात वर्षपछि मात्र अंगीकृत पाउने व्यवस्था गरेकोमा आ,क्रोश व्यक्त गरेकी छन् । यो व्यवस्थापछि विदेशी मूलका महिलाले नेपालीसँग बिहे गरेपछि शरणार्थीको दर्जा पाउने उनको दाबी छ ।

‘विदेशी मूलका महिलाहरु नेपालीसँग विवाह गरेपछि शरणार्थी को दर्जा पाउनेछन्,’ गिरीले सोमबार ट्विटमा लेखेकी छन् । गिरीले नेपालको भन्दा भारतको बढी गुणगान गाउन थालेपछि सरकारले नागरिकता विधेयक अघि बढाएको थियो । सत्तारुढ नेकपाले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने विधेयक राज्य व्यवस्था समितिबाट पारित गराएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

नेपाली कांग्रेस, राजपा, समाजवादी पार्टी तथा नेमकिपाले सात वर्षे प्रावधानको विरोध गर्दै फरक मत राखेको छन् । संसदीय समितिबाट पारित भएकाले विधेयक पूर्ण सदनमा गएको छ । अब त्यहीँ पारित हुने कि नहुने भन्ने निक्र्योल हुनेछ । तर, सात वर्षे प्रावधानले अब भारतीय चेली बिहे गर्न पाइँदैन, भारतीयले आफ्नो छोरीचेली नेपाली युवकलाई दिँदैनन् जस्ता कुरा जनता समाजवादी पार्टीका नेताले उठाउन थालेका छन् ।

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ताल देखेर आफूलाई आश्चर्य लागेको बताएका छन् । नागरिक विद्येयकको सम्बन्धमा कांग्रेसले राखेको असहमतिबारे थापाले यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,’१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ बर्ष पर्खनुपर्छ। ३ करोड जनसंख्या हुने नेपालले ७ बर्षको आधार राख्न खोज्दा बिरोध गर्नु आश्चर्यजनक छ। के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो? यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’

थापाले अघि थपेका छन्,’३ जनाको सर्जमिन शिफारिसमा नागरिकता प्रदान गर्ने नागरिकता ऐन ०६३को व्यवस्थाअनुरुप दशौं लाख बिदेशीले विभिन्न प्रकारका नेपाली नागरिकता लिएका छन्। न्यायिक आयोग गठन गरि यसवारे छानविन गर्न र अवैध रुपमा नागरिकता लिएकाहरुको नागरिकता प्रमाणपत्र रद्द गर्न राप्रपाले ०६४ सालदेखि माग गर्दै आएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *