विदेशी ज्वाइँलाई पनि बिहेलगत्तै नागरिकता दिनुपर्ने पक्षमा उपेन्द्र यादव

News

काठमाडौं । नागरिकता विधेयकको विषयमा नेपालमा राजनीतिक दलबीच विभाजन देखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहे गरेको सात वर्षपछि मात्र विदेशी बुहारीलाई नागरिकता दिनुपर्ने निर्णय गरेपछि विवाद चुलिएको हो ।

आइतबार दिउँसो २ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा नागरिकता विधेयकबारे सहमति जुटाउने विषयमा छलफल हुने भएको छ । यदि सबै दलबीच सहमति नजुटे भोटिङका आधारमा निर्णय लिने नेकपाको तयारी छ ।

राज्य व्यवस्था समितिमा नेकपाको बहुमत छ । त्यसैले कांग्रेस र जनता समाजवादी पार्टीले विपक्षमा भोट हाले पनि विधेयक बहुमतले पारित हुने र संसदमा जाने छ । आमसर्वसाधारण विदेशी बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिनुपर्ने पक्षमा भए पनि कांग्रेस र जनता समाजवादी पार्टीका सांसद त्यसको विपक्षमा उभिएका छन् ।

यसैबीच, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विदेशी बुहारी मात्र होइन, विदेशी ज्वाइँलाई पनि बिहेलगत्तै नागरिकता दिनुपर्ने पक्षमा उभिएका छन् । यादवले आइतबार ट्विटमार्फत आफ्नो धारणा राखेका हुन् । यद्यपि जसपाले आधिकारिक निर्णय गरिसकेको छैन । उनले बिहेको सात वर्षपछि मात्र विदेशी बुहारीलाई नागरिकता दिने सत्तारुढ नेकपाको निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगिकृत नागरिकता दिने विवेकहीन, साम्प्रदायीक र विभेदकारी निर्णय गरेको छ। नागरिकता प्राप्ति गर्ने प्रक्रीयामा पुरुष र महिला अर्थात बुहारी र जूवाई बीच असमानता र विभेद हुनुहुहुन्न ।’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा लकडाउन खुकुलो हुँदै गएकोले कोरोना संक्रमण अझ बढ्न सक्ने चेतावनी दिएको छ । नेपालस्थित कार्यालयले सोमबार एक अपील जारी गर्दै आम सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गरेको छ । कोरोनाको शिकार हुनबाट बच्न सामाजिक दूरी कायम गर्ने, माक्स लगाउने, साबुनपानी हात धुने लगायतका नियमहरु पालन गर्न पनि आग्रह गरिएको छ ।

डब्लूएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो बनाएपनि कोरोनाको महामारी अहिलेनै नटरेको कारण कोरोनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

भ्यान्डेलरले नेपालमा हाल सबै कार्यलयहरु खुलेको र मानिसहरुको आफन्तबीच भेटघाट हुने क्रम सुरु भएको हँदा कोरोनाको शिकार हुन सक्ने भएकोले आफै सचेत भएर त्यसबाट बच्न आवश्यक रहेको जनाएका छन् ।

भ्यान्डेलरले कोरोना संक्रमणलाई घटाउने एक उपाय लकडाउन भएको बताएका छन् । उनले कोरोनाबाट टाढा रहन कोरानाविरुद्धको नीति नियम जस्तै भीडभाडमा नजाने, सामाजिक दूरी बनाउने, माक्स लगाउने लगायतलाई निरन्तर आत्मसाथ गर्न पनि सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *