विदेशी बुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने सरकारको निर्णय एकदमै सहि छ : मनिसा कोइराला

News

काठमाडौं। अंगिकृत नागरिकताका विषयमा चलिरहेको वहसबीच अभिनेत्री मनिषा कोइरालाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।केही समय यता अभिनेत्री मनिषाले नेपालको राजनीतिक विषयमा पनि आफ्नो अभिब्यक्ति सार्वजनिक गर्न थालेकी छन् ।

राजनीतिक परिवारको सदस्य मनिषा यस अघि राजनीतिक विषयमा त्यती बोल्ने ब्यक्ति होइनन् । तर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भने उनले टिप्पणी सार्वजनिक गर्न लागेकी छन् । हालै अंगिकृत नागरिकका विषयमा सरकारले गरेको निर्णयको मनिषाले स्वागत गरेकी छन् ।

विदेशी वुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने नागरिकता समबन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । तर त्यस अघि अन्य अधिकारका लागि भने रोकेको छैन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकतासम्बन्धी विधेयक संसदवाट पनि पारित भएको हो ।

तर नेपाली कांग्रेस र मधेसवादी दलले भने त्यसको विरोध जनाएका छन् । उनीहरुले यस अघि राखिएकै नागरिकता सम्बन्धी विधेयक ठिक रहेको बताउँदै आएका छन् । यस अघि नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले चाहेकै समयमा नेपाली नागरिकता पाउने ब्यवस्था थियो ।

काठमाडौं । देशभर कोरोना भाइरसका बिरामी बढ्दै गएपछि अझ सरकारले लकडाउनमा कडा गर्ने होकि भन्ने सोचाई आम नागरिकमा छ । तर, सरकारी अधिकारीहरु भने लकडाउनमा कडाई गर्ने सम्बन्धि कुनै पनि तयारी नभएको बताउँछन् । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने कुरा हल्ला मात्र भएको बताएका छन् । उनले जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए ।

उनका अनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने उनको भनाई छ ।

३ महिनाको लकडाउनले बिशेषगरि व्यापारीहरु मारमा परेका छन् । केटिएम दैनिकको सम्बादादाताका अनुशार पसलका लुगाहरु काम नदिने भएका छन् । घरबेटी भाडा माग्न आएका छन् भने व्यापारीहरु अध्यारो मुख लगाएर बसेका छन् ।

डिल्लीबजारमा पसल गरेर बस्ने हरिशंखर शाह घरभाडा तिर्न नसकेर तनाबमा रहेको बताउँछन् । ३ महिना पसल बन्द भयो, घरमा बच्चाहरुलाई खुबाउन नै धौं धौं पर्यो । पसल त खोलेको छौं तर किन्ने मान्छे नै आउँदैन्न । स्कूलले जुम क्लास मार्फत पढाइरहेको छ । कुन दिन बिल पठाउँछ थाहा छैन । ३ महिना देखि पसल बन्द गरेर खाने बाटो नै बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *