एअर इण्डियाका जहाजलाई अमेरिकाले लगायो प्रतिबन्ध

News

काठमाण्डाै – अमेरिकाले एअर इण्डियाका जहाजको चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ । हवाई उडानसम्बन्धी अमेरिकी कानुन उल्लङ्घन गरेकाेले अमेरिकाले एअर इण्डियालाई प्रतिबन्ध लगाइएको ‘द हिन्दू’ ले जनाएको छ ।

एअर इण्डियाले चार्टर्ड उडान भनेर अनुमति लिए पनि यात्रुसँग टिकट काटेर उडान गरेपछि प्रतिबन्ध लगाइएको अमेरिकाको यातायात विभागले जनाएको छ ।

अमेरिकाले एअर इण्डियाकाे कार्यलाई विभेदकारी र अपारदर्शी कामको संज्ञा दिँदै आफ्नो देशको हवाई कानुनको गम्भीर उल्लङ्घन भएको जनाएको छ । यसले दुई देशबीचको हवाई सम्झौताको पनि उल्लङ्घन भएको अमेरिकाले जनाएको ‘टाइम्स अफ् इण्डिया’ ले लेखेकाे छ ।

अब एअर इण्डियाले अमेरिकामा उडानको लागि फेरि त्यहाँको विभागसँग अनुमति माग्नुपर्नेछ । भारतले मे ६ तारिखदेखि विभिन्न देशबाट आफ्ना नागरिक उद्धार गरिरहेको छ । अमेरिकाबाट पनि उसले १८ जुन अर्थात् गएको बिहीबारदेखि उद्धार सुरु गरेको थियो ।

कैलाली – सुदूरपश्चिम प्रदेशको ४० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । समयमै मनसुन भित्रिएपछि असारको पहिलो हप्तासम्म ४० हजार २ सय ४४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । सुदूरपश्चिमको ९ जिल्लामा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसको ४० हजार २ सय ४४ हेक्टर अर्थात २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ ।

अघिल्लो वर्षको असार १५ गतेसम्म २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यसपाली समयमै पानी परेपछि किसानलाई राहत भएको छ । आकासे पानीको भरमा रोपाई हुने ठाउँहरुमा पनि रोपाइँ भएको छ । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले यस वर्ष चाँडो पानी परेकाले रोपाइँ सुरु गर्न सहज भएको बताउनुभयो। सिँचाई सुविधा पनि विस्तार भएकोले किसानलाई आकाशे पानीको भर पर्नुपर्ने खेत पनि कम हुँदै गएको छ ।

प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भने धानका लागि उर्वरभूमि मानिने कैलाली र कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा सबैभन्दा कम १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कैलाली पनि कम रोपाइँ हुने जिल्लाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

कैलालीमा कञ्चनपुरभन्दा दुई प्रतिशत बढी अर्थात १७ प्रतिशत रोपाइँ भएको निर्देशक जोशीले बताउनुभयो । कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म ७ हजार दुई सय ५६ हेक्टरमा रोपाइँ सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *