भारतलाई चीनको चेतावनी, हाम्रो सैनिकमाथि एउटा मात्रै गो’ली चलाए हेर पुरै भारत सखाफ हुन्छ

News

काठमाडौं । पूर्वी लद्दाखमा आफ्ना २० सैनिक मा’रिएपछि भारतले ह’तियार सम्बन्धी नियम परिवर्तन गर्ने निर्णय गरेको छ।भारतले चीनसँग गरेको सन् १९६२ को शान्ती सन्धी एकतर्फी रुपमा खारेज गरेको हो। यसअघि उक्त सन्धीकै कारण सीमामा विवाद हुँदा पनि दुई देशका सैनिकले गो’ली च’लाउने गरेका थिएनन्।

चीन र भारत बिचको वास्तविक नियन्त्रण रेखा (एलएसी) क्षेत्रको २ किलोमिटर क्षेत्रमा यदि वार्ता गर्न जान पर्यो भनेपनि दुवै पक्ष ह’तियार विहिन भएर जाने गरेका थिए। तर, शारिरीक संघर्षकै बेला गत सोमबार ठूलो मानवीय क्षति भएपछि भारतले अब परिस्थीति हेरेर सेनालाई गोली चलाउँन अनुमति दिएको छ।

चिनियाँ पक्षले यसलाई सहमतिको गम्भीर उल्लंघन भनेका छन्। चिनियाँहरुले यदि भारतीय सेनाले चिनियाँ सैनिकमाथि एउटा पनि गो’ली हाने दुई देश बीचको सीमा क्षेत्र पूर्ण रूपमा भिन्न हुने चेतावनी समेत दिएका छन्।

चीनको महत्वपूर्ण मानिने गोल्बल टाइम्सका प्रमुख भन्छन्, ‘भारतीय सेनाले चिनियाँ सैनिकसँगको सामान्य झ’ड’पमा लड्न सकेन भने अझ ब’न्दुक र अन्य अध्यादेशले पनि उनीहरूलाई सहयोग गर्न सक्दैन। किनकि चीनको सैन्य शक्ति भारत भन्दा धेरै उन्नत र शक्तिशाली छ।

हु छिजिन लेख्छन् , ‘इन्डियन मिडियाका अनुसार भारतले चीनसँगको सिमानामा रहेको भारतीय सेनालाई ‘कार’बाहीका लागि पूर्ण स्वतन्त्रता’ दिएको, ‘असाधारण परिस्थितिमा बन्दु’कको प्रयोग’ सहित भनेर लेखेका छन्। यदि यो सत्य हो भने सम्झौताको गम्भीर उल्लघंन हो र भारतीय पक्षले त्यस्ता कार्यहरू गरे ठूलो मूल्य चुकाउनुपर्नेछ।’

चीनको जिडिपी भारतको भन्दा ५ गुणा र सैन्य खर्च ३ गुणा बढि रहेको उनको भनाई छ। उनले शान्तिलाई कदर गर्न भारतीय हरुलाई आग्रह गरेका छन। भारतीय अधिकारीहरुले आफ्ना कट्टरपन्थीहरूलाई चित्त बुझाउन चीनतर्फ ठूलो क्षति भएको भन्दै क्षतिको गलत अनुमान गरेको सरकारी अखबार गोल्बल टाइम्सले जनाएको छ।

भारत -चीनबीच सीमा विवादलाई लिएर सन् १९६२ मा समेत यु’द्ध भएको थिएको थियो। त्यो बेला पनि भारत हारेको थियो।चिनियाँहरु भन्छन्, ‘यो त्यो बेलाको चीन होइन्, यदि फेरि भारत यु’द्धमा जान्छ भने १९६२ को भन्दा ठूलो क्षति र लज्जास्पद हा’र बेहोर्ने छ।’

चिनियाँ सैन्य विज्ञ भन्छन्, ‘चिनियाँ सेनासँग सूचना जडित सेनाको लडाई प्रणाली छ, जसले सबै सेना, ह’तियार र उपकरणहरुलाई एकसाथ चलाउछ’। भारतले विदेशबाट किनेर ल्याएका हतियारहरु पुराना तथा भारतीय सेनाले समन्वयात्मक ढंगले चलाउन पनि नसक्ने चीनको दाबी छ।

भारतको सै’न्य ह’तियारबारे चिनियाँको टिप्पणी छ, ‘भारतीय सेनाले विभिन्न देशहरूबाट खरिद गरिएका हतियारहरू प्रयोग गर्छन, जुन धेरैले एक अर्कासँग राम्रोसँग स’मन्वय पनि जान्दैनन्, उनीहरूले अनुशासित सेनाको रुपमा जेटहरु च’लाउँन सक्दैनन् र आफ्नै सहकर्मीको हेलिकप्टरमा गो’ली हा’न्न पनि सक्छन्।’

शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित सर्वदलीय बैठकमा चि’नियाँ सेना भारतको क्षेत्रमा नआएको बताएपछि अहिले भारतभित्रै आलोचना भइरहेको छ। चिनियाँ पर्यवेक्षकहरू मोदीको उक्त अभिव्यक्तिलाई भारतले चीनसँग यु’द्ध नचाहेको र नरम बोली मार्फत तनावलाई शान्त पार्न प्रयास गरिरहेको रुपमा हेरेका छन।

शंघाई स्थित फुदान विश्वविद्यालयको सेन्टर फर साउथ एशियन स्टडीजका प्राध्यापक लिन मिनवागं भन्छन,’तनाव कम गर्न मोदीको टिप्पणी अत्यन्तै सहयोगी हुनेछ किनभने भारतका प्रधानमन्त्री भएर उनले कट्टरपन्थीहरूले चीनमाथि आरोप लगाउन सक्ने नैतिक आधारलाई हटाएका छन्।’

‘भारत सरकार र सैन्य नेताहरूले चीन कत्तिको शक्तिशाली छ भनेर बुझेका छन्, तर भारतीय राष्ट्रवादीहरु अज्ञानी र अहंकारी छन्’, लिन भन्छन्, ‘त्यसैले उनीहरूले केहि कठोर शब्द बोल्न सक्छन, तर उनीहरूले हामी विरुद्ध एउटा गो’ली पनि हा’न्ने हिम्मत गर्दैनन्।’

चीनले भारतसँग द्वन्द्व बढाउन नचाहेको, तर भारतीय सेनाको कुनै पनि उत्तेजनालाई जवाफ दिन पर्याप्त क्षमता रहेको चिनियाँको दाबी छ। अहिले भारतमा चिनियाँ सामानमाथि प्रतिबन्ध लगाउँनुपर्ने र चीनसँगको व्यापारिक सम्बन्ध तोड्नुपर्ने अवााज चर्कदो छ।

सेना मा’रिएपछि चनियाँ टेलिभिजन भारतीयले फुटाएका दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन्। चिनियाँ समान बहिष्कार गरेर भारतनै घाटामा पर्ने चिनियाँको टिप्पणी छ। सीमा लडाईले भारतलाई ठुलो चोट पुर्याएको र अर्थव्यवस्था पछाडि धकेलिने चीनका विश्लेषकहरूको भनाई छ। गोल्बल टाइम्सले चिनियाँ जनमुक्ति सेनाले तिब्बती क्षेत्रमा सबैभन्दा खराब अवस्थाका लागि सैन्य तयारी गरिरहेको भिडियो समेत सार्वजनिक गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *